Logo
१२ बैशाख २०८१, बुधबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुकिलो मुकिलो बनेर नेतागिरी गर्ने समय अब सकियो : मन्त्री यादव

हेटौंडा : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादबले काम नगरी ट्रेड युनियनको नेता हुँ भन्दै सचिवलाई तर्साउनेहरुको दिन गएको बताएका छन् ।

ट्रेड युनियनका अधिकांश नेतामा काम नगर्ने नेतागिरी मात्र गर्ने प्रवृत्ति रहेको भन्दै उनले सुकिलो मुकिलो बनेर नेतागिरी गर्ने समय सकिएको दावी गरे । ‘नेताले काम गर्दैन काम गर्ने नेता होइन त्यसैले सचिव तर्र्साएर होइन काम गरेर स्थापित हुनु पर्छ’ उनले भने ।

कर्मचारी संगठनका नेताहरु सचिव सरुवा गर्न हिँड्ने तर आफनो जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति देखिएको भन्दै औद्योगिक क्षेत्रमा यस्तो देखिन नहुने मन्त्री यादवले बताए ।

हेटौडा सिमेन्ट उद्योगको ३३ औ वार्षिकोत्सवको कार्यक्रममा बुधबार उनले निजी सिमेन्ट उद्योगहरुसँग प्रतिस्पर्धामात्र होइन, हेटौडा सिमेन्ट उनीहरु भन्दा अब्बल बन्नुपर्नेमा जोड दिए । उद्योगले केही वर्षदेखि मुनाफा कमाउन थालेकोमा खुशी व्यक्त गर्दै मन्त्री यादवले उद्योगको क्षमता विस्तार गरेर प्रतिस्पर्धा गर्न व्यवस्थापनलाई सुझाए ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्