Logo
८ बैशाख २०८१, शनिबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सौतेनी आमा’ को मायामा हुर्केका रवी आफ्नी आमालाई सम्झंदै भावुक

काठमाण्डौ : सुदुरपश्चिम प्रदेश धनगढीका रवि ओडं नेपाल आइडल सिजन -२ को उत्कृष्ट ४ मा छन । विपन्न् परिवारका रविको आवाज र प्रतिभाकै कारण उनिलाई सुदरपश्चिमका मेयरको उपनाम दिईएको छ ।

सानैमा जन्मदिने आमा गुमाएका रवि कर्मदिने आमाको पालनपोषण्मा हुर्किएका हुन् ।जन्मदिने आमाको हरेक कुरा र सम्झना कर्मदिने आमाबाट पाएको रविले बताए । आमा, बुवा, १ बहिनी, २ भाई र आफु संग ६ जनाको परिवारमा रहेका रविको घरको आर्थिक अवस्था निकै दयनिय रहेको छ ।

रविको बुवा र बहिनी भारतमा बस्नुहुन्छ भने अहिले घरमा २ भाई, आमा र रवि गरेर ४ जनाको परिवार रहेको छ । सम्पतिलाई आफ्नो प्रतिभाले जितेका रविले मध्य तथा सुदुरपश्चिमका लाखौ दर्शक, श्रोताको मन जितेका छन् ।

रबिलाई जिताउन यतिबेला सुदुपरिश्चम प्रदेशमा अभियाननै चलाएको छ । सालिन, शुशिल र हेर्दापनि चिटिक्क देखिने रविले मन्चमा पनि जजको मन जित्ने प्रतिष्पर्धीमा पर्छन् ।

रविले आफुलाई दिइरहेको साथ, माया र हौसलाका लागि देश विदेशमा रहेका आफ्ना सम्पुर्ण शुभचिन्तक, दर्शकलाई धन्यवाद दिएका छन ।

साथै, आगामी यात्राका लागि दर्शकको अझै ठुलो साथ र सहयोग चाहिने हुँदा निरन्तर साथ र सहयाग गरिदिन अपिल समेत गरेका छन् ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्