Logo
१३ बैशाख २०८१, बिहीबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद केसीको संयोजकत्वमा वाइडबडी खरिदको छानबिन गर्न लेखाले बनायो उपसमिति

काठमाडौं : संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति बनाएको छ । समितिको बुधबार बसेको बैठकले नेपाली कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो ।

उपसमितिमा सांसदहरु कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा अनियमितता भएको आशंकामा संसदीय समितिले यसअघि स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारसँग पनि छलफल गरिसकेको छ ।

यसअघि वाइडबडी खरिदबारे छानबिन गर्न संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली कांग्रेसका सा‌ंसद प्रकाशमान सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्