Logo
८ बैशाख २०८१, शनिबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२२ करोड बराबरको बोनश शेयर वितरण गर्दै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था

काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बीसौंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष थापाले आ.व. २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरे ।

यस वार्षिक साधारण सभाले सामान्य प्रस्ताव तर्फ आ.व. ०७४/७५ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको ०७५ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष ०७४/७५ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको ०७५ आषाढ मसान्तको चुक्ता पूँजी १ अर्बको २२/११ प्रतिशतले हुन आउने २२ करोड १० लाख ५२ हजार ६ सय ३२ नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस संस्थाको आ.व. ०७५/७६ को लेखापरीक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्री आर पराजुली एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

त्यसै गरी विशेष प्रस्ताव तर्फ संचालक समितिबाट सिफारिश तथा नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृति भए बमोजिम आ.व.०७४/७५ को मुनाफाबाट हाल कायम संस्थाको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने २० करोड बराबरको बोनश शेयर जारी गर्ने, संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि प्रस्तावित बोनश शेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएको छ ।

सोही बमोजिम संशोधन गर्ने, संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाको प्रवन्धपत्र संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको ब्यक्तिलाई पूर्ण अख्तियारी दिने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको छ ।

त्यसै गरी निर्वाचन प्रस्ताव तर्फ समूह क संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना संचालकको निर्वाचन भएकोमा देवेन्द्र बहादुर राउत सर्वसम्मतिबाट निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी समूह ख बाट २ जना संचालकको निर्वाचन भएकोमा टोप बहादुर रायमाझी र संम्रिता तिवारी निर्वाचित भएका छन् ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्