Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अयोध्या-जनकपुरको सम्बन्धलाई प्रवर्द्धन गर्दै योगीले भने-‘मोदीको दूत भएर नेपाल आएको हुँ’

जनकपुर : परापुर्वकालदेखि चल्दै आएको रामजानकी विवाहोत्सवमा सहभागी हुन भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । निजी विमानमार्फत उत्तर प्रदेशको राजधानी लखनऊबाट सोझै जनकपुर बिमानस्थलमा ओलिएका योगी त्यहाँबाट सिधैं जानकी मन्दिर पुगेका थिए ।

मुख्यमन्त्री योगीले आफू प्रधानमन्त्री नरेन्द्र मोदीको दूत भएर जनकपुर आएको बताएका छन् । मुख्यमन्त्री योगीले भने ‘मोदीको दूत भएर नेपाल आएको हुँ’ । निजी विमान मार्फत जनकपुर ओर्लिएका आदित्यनाथले समकक्षी लालबाबु राउतसँग जनकपुर अयोध्याको सम्बन्धले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

राम र सीताको विवाहउत्सवमा सहभागी हुन आएका योगी आदिन्यनाथ आजै भारत फर्किने कार्यक्रम रहेको छ ।

उनीसँग केन्द्र सरकारका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पनि भेट गरेका छन् । आदित्यनाथलाई समकक्षी लालबाबु राउत, प्रदेश सभामुख सरोजकुमार यादव, वरिष्ठ मन्त्री जितेन्द्र सोनलसहित मन्त्रिपरिषद्का सबैले स्वागत गरेका थिए ।

मधेस भवनमा योगीको भव्य स्वागत
जानकी मन्दिरमा विशेष पूजा सकाएर मुख्यमन्त्री योगी मधेस भवन प्रस्थान गरेका थिए ।  मधेस भवनमा मुख्यमन्त्री लालबाबु राउतले योगीसहित भारतबाट आएका साधुसन्तका लागि विशेष भोजको आयोजना गरेका छन् ।

उक्त भोजमा भारतबाट आएका जन्तीहरुका लागि ५६ व्यंजन पस्किने तयारी छ । मधेश भवनबाट मुख्यमन्त्री योगी सीधा रंगभूमि बाह्रबिघा मैदानमा हुने कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी जनकपुर विमानस्थलबाट फर्किने कार्यक्रम रहेको छ ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुरधाम आएका मुख्यमन्त्री योगी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटघाट भएको छ । मधेश भवनमा दुबै मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।

सो अवसरमा राजपामा संयोजक राजेन्द्र महतो, नेता महन्थ ठाकुर, अनिल झा लगायतका नेताहरुको समेत सहभागिता रहेका थिए । भेघाटपछि योगी मुख्यमन्त्रीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् ।

विवाहोत्सव कार्यक्रममा सहभागी भएपछि योगी आजै साँझ करिब पौने ६ बजे उत्तर प्रदेशको राजधानी लखनऊ फर्कने कार्यक्रम छ ।मुख्यमन्त्री योगीलाई विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सभामुख, उपसभामुख तथा मन्त्रिपरिषदको सदस्यहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्