Logo
१२ बैशाख २०८१, बुधबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ५३० कर्मचारीलाई कारवाहीको सिफारिस

काठमाडौँ : राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक नलाउने १६२ गरी ५३० जना कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।

प्रवक्ता लामिछानेले कारवाही परेका कर्मचारीलाई विभागीय कारवाही गर्नका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको बताए ।

केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका १ हजार १४० कार्यालय अनुगमन गर्दा करीब २ हजार ३४० जना कर्मचारीलाई समय पालना नगरेका र पोशाक नलगाउने कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको थियो । यस्तै केन्द्रमा अझै २३७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् ।

मुख्यमन्त्री कार्यालयबाट कात्तिक मसान्तसम्म केन्द्र स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण आउनुपर्नेमा नआएको केन्द्रका प्रवक्ता लामिछानेले जानकारी दिए । स्थानीय तहले पहिलो पटक सम्पत्ति विवरण बुझाउँदैछन् ।

स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण जिल्ला समन्वय समितिमार्फत मुख्यमन्त्रीमा जाने र मुख्यमन्त्रीबाट केन्द्रमा जाने गर्दछ । केन्द्रका सम्पत्ति विवरण शाखाका एकराज पोखरेलले सबैभन्दा बढी प्रदेश नं २ का स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको बताएका छन् ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्