Logo
८ बैशाख २०८१, शनिबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटिजन बैंकले आफ्ना शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

काठमाडौँ : सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी रु ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार ४०० को तीन दशमलव ६२ ले हुने रु २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने भएको छ ।

यस्तै चुक्ता पूँजीको १ दशमलव ६३ प्रतिशले हुने रु १३ करोड १३ लाख ५६ हजार १४३ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोसम्बन्धी जानकारी बैंकको मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले गरेको आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाबाट पारित भएपछि लागू हुनेछ । बैंकले आव २०७४/७५ मा रु ९६ करोड ४९ लाख १२ हजार वितरणयोग्य नाफा आर्जन गरेको थियो ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्