Logo
१३ बैशाख २०८१, बिहीबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री सहित सबै सदस्य सिंहदरवारमा, देउवाको अनुपस्थितमा बैठक स्थगित

काठमाडौँ : बुधबार बिहान ९ बजे बोलाइएको संवैधानिक परिषद्को बैठक प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक स्थगित भएको छ । सो बैठक बिहीबार बिहान नौ बजे बस्नेगरी स्थगित भएको हो । यसअघि पनि परिषद बैठक पटक पटक स्थगित हुदै आएको थियो ।

आज प्रधानमन्त्रीसहित सवै सदस्य बैठकमा सहभागि हुन सिंहदरवार पुगेपनि सभापति देउवाले अन्तिम अवस्थामा कार्यव्यस्तताका कारण आउन नसक्ने जानकारी गराएपछि बैठक स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष तथा परिषद सदस्य गणेश तिमल्सिनाले जानकारी दिए ।

यसअघि मंगलबार बस्ने भनिएको बैठक पुष ५ गतेका लागि सारिएको भएपनि बैठक पुनः आजका लागि बोलाइएको थियो । बैठकका लागि प्रधानमन्त्री सवा ९ बजे नै सिंहदरवार आइसकेको प्रधानमन्त्री ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने विषयमा छलफल हुनेछ । मंसिर १७ गते बसेको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा केन्द्रीय समिति बैठकका कारण चाँडै बाहिरिएपछि बैठक २२ गतेलाई सरेको थियो ।

२२ गतेपनि बस्दै नबसि २५ गतेलाई सारिएयो २५ गते विहान ११ बजेका लागि बोलाइएको बैठक पुन साँझ ५ बजेलाई सारिएको थियो ।  तर, साँझ ५ बजे बैठक नबसि आगामी पुष ५ गतेका लागि सारिएपनि समय परिवर्तन गर्दै आज बुधबारलाई बैठक बोलाइएको थियो ।

तर आज पनि बैठक बस्न नसकेपछि पुन भोलिका लागि बैठक राखिएको हो ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्