Logo
१३ बैशाख २०८१, बिहीबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योगीका लागि बिछ्याइयो रेड कार्पेट, पर्यटनमन्त्री अधिकारीले स्वागत गर्ने, राष्ट्रपतिको शुभकामना (तस्बिरहरु)

परापुर्वकालदेखि चल्दै आएको ऐतिहासिक र सांस्कृतिक राम-जानकी विवाह पञ्चमीको विशेष कार्यक्रममा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार जनकपुर आउँदै छन् ।

अयोध्याबाट जन्ती लिएर आउने योगी आदित्यनाथको स्वागतका केन्द्रबाट पर्यटन मन्त्री रवीन्द्र अधिकारी र राष्ट्रियसभा सदस्य कोमल वलीसहितका नेताहरु जनकपुर पुगेका छन् ।

उनीहरुले योगी आदित्यनाथको जनकपुरमा औपचारिक स्वागत गर्ने छन् । स्वागतका लागि पुगेका पर्यटन मन्त्री अधिकारी र राष्ट्रियसभा सदस्य वलीले जनकपुर मन्दिर क्षेत्रमा भएको तयारीको निरीक्षण पनि गरेका छन् ।

योगीका लागि बिछ्याइयो रेड कार्पेट 

जनकपुरधाममा विवाह पञ्चमीको रौनक यो वर्ष विगतको तुलनामा अझ विशेष छ । कारण, यो वर्ष जन्ती लिएर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउँदैछन् ।

बुधबार विवाह पञ्चमीको विशेष कार्यक्रममा सहभागी हुन आउने योगी आदित्यनाथको स्वागतका लागि जनकपुर नगरी सिंगारिएको छ । उनको स्वागतका लागि प्रदेश नम्बर दुई सरकारले नै विशेष तयारी गरेको छ ।

योगी आदित्यनाथको स्वागतका लागि सरसफाई गरेर सिंगारिएको जानकारी मन्दिरमा उनी आउने बाटोमा ‘रेड कार्पेट’ बिछ्याएको छ ।

राष्ट्रपतिको शुभकामना

राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेकी छन् ।

बुधबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति हामी नेपालीको अमूल्य नीधि भएको बताएकी हुन् ।

“प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले हामीहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पु¥याएको छ । यसबाट हामीमा राष्ट्रिय एकताको भावना जागृत गरेको छ,” राष्ट्रपति भण्डारीद्वारा जारी गरिएको सन्देशमा उल्लेख छ ।

आदिकालमा ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजर्षी जनकको महिमाको गायन युगौँयुगदेखि हुँदै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यस्तो गौरवपूर्ण स्थलमा हुने विवाह पञ्चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व रहेको र यसले हामीलाई सधैँ गौरवान्वित बनाइरहने बताएकी छन् ।

विभिन्न क्षेत्र र भूभागमा बसोबास गर्ने थुप्रै आस्था र विश्वास बोकेका सम्प्रदायको उत्साहपूर्वक सहभागिता हुने यस पावन अवसरमा नेपालीहरुबीच आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव, सहिष्णुता र असल छिमेकी सम्बन्ध सुदृढ बनाउन मद्दत पुगोस् भन्ने भन्दै उनले शुभकामना व्यक्त गरेकी छन् ।

जनकपुरमा यस्तो उल्लास : 

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्