Logo
१२ बैशाख २०८१, बुधबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेततिर निलगाई धपाउन गएका किसानको हत्या, उँखु खेतमा शव फेला

महोत्तरीमा एक पुरुषको हत्या भएको अवस्थामा शव फेला परेको छ । महोत्तरीको औरही नगरपालिका-२ फुलवरिया बस्ने ४० वर्षका बेचु महतो हत्या भएको हो । बचुको शव बुधबार विहान गाउँबाट ७ सय मीटर पूर्व उँखु खेतमा फेला परेको हो ।

काउली खेतमा निलगाई धपाउंन गएका बेचुको उखुघारीमा हत्या भएको अवस्थामा शव फेला परेको हो । घाटीमा डाम देखिएकाले कसैले घाटी थीचेर हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज किशोर आचार्यले बताए ।

शवलाई पोस्टमाटमका लागि जलेश्वर अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्