Logo
१३ बैशाख २०८१, बिहीबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मेरो मुखबाट कुनै विरोधको अवाज सुन्नु भएको छ?’ भन्दै ठाकुरले भने राजपामा कुनै बिवाद छैन

जनकपुर : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र कुनै पनि किसिमको विवाद नरहेको अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले बताएका छन् ।

हालै भारतको दिल्लीमा स्वदेशबाट फर्केका ठाकुर विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आएका ठाकुरले भने, ‘राजपा पार्टी फुट्ने भन्ने मिडियामा आएको कुरा सत्य होइन । पार्टीभित्र कुनै पनि किसिमको विवाद छैन ।’

उनले भने केही साथीहरूलाई यसै बहानामा नेता बन्नु छ यो न्याचित भएन त्यो भएन भन्दै मिडियामा भाषणबाजि गरिरहेका छन् । उनीहरुकै बोली र तर्क मेरो बोली र तर्क हुन सक्दैन ।

अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएपछि ठाकुर असन्तुष्ट भएको र पूर्व तमलोपा पक्षले छुट्टै भेला डाकिरहेको सवालमा ठाकुरले भने, ‘के मेरो मुखबाट तपाईंहरूले केही असन्तुष्टिको श्वर अहिलेसम्म सुन्नुभएको छ त ? के पूर्व तमलोपाको छुट्टै भेला बसेको छ त ?’ यो सब मीडियामा आएको कुरा तथ्यहीन हो।

राजपाभित्र नेतृत्वको ‘उठापटक’ भयो भनेर भइरहेको हल्ला झूटा भएको बताउँदै ठाकुरले भने, ‘२–२ महिनामा संयोजक परिवर्तन गर्ने कुरा विधानमै व्यवस्था गरिएको थियो ।

तर अध्यक्ष मण्डलका साथीहरूले नै महाधिवेशनसम्म तपाईं नै संयोजक रहिरहनुहोस् भन्ने कुरा भनेपछि म संयोजक बसेको हो ।’

संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने सन्दर्भमा उनले भने, ‘हाम्रो पुरानो माग र अडानहरू यथावतै छन् । त्यसमा कुनै पनि कुराको सुनुवाइ भएको छैन । पार्टीमा छलफल गरेर त्यसबारे निर्णय लिइने छ ।’

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्