Logo
८ बैशाख २०८१, शनिबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका १४ सय महासमिति सदस्यहरु काठमाडौंमा भेला हुँदै, खाना-बासको व्यवस्था आफैंले गर्नुपर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १४ सय महासमिति सदस्यहरु काठमाडौंमा भेला हुने भएका छन् । २९ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि देशभरका साथै प्रवासबाट पनि महासमिति सदस्यहरु आउनेछन् कार्यक्रम रहेको छ ।

कार्यक्रम स्थल पार्टी कार्यालयबाट सिंहदरबार अगाडि रहेको योगम्बर पार्टी प्यालेसमा सरेको छ । महासमिति सदस्यहरु सम्पर्कमा आउने र रजिस्ट्रेसन तथा दस्तावेज वितरण २८ गते नै हुनेछ ।

महासमिति बैठक आयोजनाको व्यवस्थापनको जिम्मा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिलाई दिइएको छ । कांग्रेसका काठमाडौं जिल्ला सभापति सवुज बानियाँका अनुसार महासमिति बैठकको तयारी लगभग पूरा भइससकेको छ ।

महासमिति सदस्यहरुलाई विहानको खाजा, खाना र दिउँसोको खाजा पार्टीले खुवाउनेछ । साँझको खाना र बासको व्यवस्था आफैंले गर्नुपर्ने भन्ने पार्टीको निर्णय रहेको छ ।

तथ्यांक अनुसार कांग्रेसमा १४ सय महासमिति सदस्य छन् । नेताहरुसँग आउने सुुरक्षाकर्मी, ड्राइभर आदि सबै गर्दा १६÷१७ सयका लागि ५ दिनसम्म खाना र खाजा गर्नुपर्ने हुन्छ ।

काठमाडौं सभापति बानियाँका अनुसारका खानामा दाल, भात, तरकारी र मासु रहनेछ । कांग्रेसले महासमिति बैठकको व्यवस्थापनको जिम्मा उपत्यकाका तीन जिल्लालाई दिएको छ ।

तर, पार्टी सहयोग तथा चन्दा उठाउने अनुमति पनि दिइएको छैन । बानियाँका अनुसार भन्छन्, ‘रजिष्ट्रेसन शुल्क एक हजार तोकिएको छ । यसबाहेक केन्द्र र प्रदेशमा सांसद रहेका नेताहरुसँग थप रकम लिने पार्टीको योजना तयारी रहेको छ ।

प्रचार प्रसारको जिम्मा स्थानीय तहहरुलाई दिइएको छ । यति गर्दा पनि डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ । धेरै खर्च भने खाना र खाजामा हुनेछ ।

महासमिति बैठक शनिबारदेखि

नेपाली कांग्रेसको महासमिति बैठक २९ गते सुरु हुने भएको छ । देशभरका महासमिति सदस्यहरु अघिल्लो दिन नै काठमाडौं आइपुग्नेछन् । महासमिति बैठकको उद्घाटन मंसिर २९ गते शनिबार हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यही दिन साँझ राजनीतिकसहितका दस्तावेज पेश गर्ने र १ गतेबाट छलफल थाल्ने तयारी छ । महासमिति बैठकमा पेश गर्ने आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पास गरेको छ भने राजनीतिक प्रतिवेदन पेश हुन बाँकी छ ।

विधान मस्यौदामाथि छलफल सकिएको छ तर, पदाधिकारी संख्या लगायतका विवादमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच सहमति जुट्न बाँकी छ ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्