Logo
१३ बैशाख २०८१, बिहीबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एभरेष्ट प्रिमियर लिग : भैरहवा लगातार दोस्रो खेलमा पनि विजयी

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले लगातार दोस्रो खेलमा जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा भैरहवाले चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको हो । यो चितवनको लगातार तेस्रो हार हो । यो हारसँगै चितवनको शीर्ष चारमा पुग्ने सम्भावना अंक गणितमै सीमित बनेको छ ।

१४४ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन मात्रै बनाउन सक्यो ।

चितवनले सुरुवात भने उत्कृष्ट गरेको थियो । चार ओभरकै समाप्तिमा ४९ रन बनाएको चितवनले ४.१ ओभरमा ओपनर सन्दीप सुनारलाई ९ रनमा गुमाएपछि दबाबमा आएको थियो । चितवनको ५३ रन हुदा आक्रमक खेल खेलेका पाउल स्टिर्लिङ ३८ रनमा आउट भएसँगै विकेट पतन सुरु भएको थियो ।

चितवनका लागि जोहन सिम्पसनले २६, साहब आलमले अविजित १६ र दिलिप नाथले १२ रन बनाएपनि जित दिलाउन सकेनन् ।
बलिङतर्फ शरद भेषावकर र रविइन्दर सिंहले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभर सकिन तीन बल बाँकी छदा सबै विकेटको क्षतिमा १४३ रन बनाएपछि चितवनले मध्यम स्कोरको चुनौती पाएको हो ।

भैरहवाका लागि रायन टेन डोइस्च्याटले ३५, प्रदीप ऐरीले २६ र रवि इन्दर सिंहले २५ रन बनाए । बलिङतर्फ चितवनका सागर ढकालले तीन विकेट लिए । त्यस्तै, जर्ज स्कटले दुई विकेट लिए ।

चितवनको यो लगातार तेस्रो हार हो । यसअघि चितवनले पहिलो खेलमा ललितपुरसँग ११ रनले पराजित भएको थियो भने काठमाडौं किंग्स इलाभेनसँग ६ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्