Logo
६ बैशाख २०८१, बिहीबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशालाको तेस्रो संस्करण आयोजना हुँदै, विजेतालाई २ हजार डलर

काठमाडौं : स्वीजरल्यान्डमा अध्ययनरत तथा कार्यरत नेपाली विद्यार्थी एवं पेशाकर्मीहरूको संस्था नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड नेपसासले ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला-२०१९’को आयोजना गर्दैछ ।

यो नेपालमा आयोजना गरिएको यस्तो प्रविधि हस्तान्तरणसम्बन्धी तेस्रो संस्करण हो । संस्थाले युवाहरूमाझ विज्ञान तथा प्रविधिमा आधारित उद्यम (स्टार्टअप)हरू प्रबद्र्धन गर्दै आइरहेको छ । नेपसासले हालको प्रतिभा पलायन (ब्रेन ड्रेन)लाई दिगो र समृद्ध प्रतिभा प्राप्तिमा बदलिने लक्ष्य राखेको छ ।

यो लक्ष्य प्राप्तिका लागि संस्थाले युवालाई त्यस्ता विज्ञता हासिल गरेका व्यक्तिहरू जो अनुभवी परामर्शकर्ता/गुरुका रूपमा योगदान दिन इच्छुक हुन्छ, उहाँहरूसँग सम्पर्क गराउने मञ्चहरू उपलब्ध गराउँदै आइरहेको नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड-नेपसासका अध्यक्ष रञ्जन मिश्रले बताए । यस्तो किसिमको मञ्चमध्ये स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला एक हो ।

सन् २०१७ देखि नेपसासले स्थानीय चुनौती र अवसरहरूलाई सम्बोधन गर्दै सम्भाव्य नवउद्यम (स्टार्टअप)मा परिणत गर्ने वैज्ञानिक अवधारणाहरूलाई सहयोग गर्न काठमाडौंमा वार्षिक कार्यशालाको आयोजना गर्दै आएको छ । दुई कार्यशालाहरूको सफल आयोजनापछि नेपसासले गेट कलेजको आतिथ्यमा २०७५ पुस १५ देखि १९ गतेसम्म ९२९ डिसेम्बर २०१८-३ जनवरी २०१९० सम्म तेस्रो ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला’ आयोजना गर्दैैछ ।

यस कार्यशालामा सहभागिताका मंसिर २९ गतेसम्ममा आवेदन गर्न सकिने छ भने यो आवेदकहरूका लागि निःशुल्क छ । “हामी काठमाडौं उपत्यकाभन्दा बाहिरका सहभागीहरूलाई सहयोगका लागि यातायात वृत्तिसमेत उपलब्ध गराउने छौैं,” अध्यक्ष मिश्रले बताए । कार्यशालामा सहभागिताका लागि ५० सहभागीहरूको चयन गरिनेछ ।

सबै सहभागीहरूलाई विभिन्न समूहमा बाँडिनेछ, जसले प्रथम स्थानका लागि एकअर्कासँग प्रतिष्पर्धा गर्नेछन् । विजेताहरूलाई २ हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरिनेछ । “हामी हाम्रो कार्यशालामा ५०-५० प्रतिशतको लैङ्गिक समानता र विविधता कायम रहोस् भन्ने कुरामा प्रतिबद्ध छौं तथा महिला एवं सीमान्तकृत समुदायबाट आवेदनका लागि प्रोत्साहित गर्दछौं,’ नेपसासले भनेको छ ।

चार दिने कार्यशालामध्ये पहिलो दिन पुस १४ गते कार्यशाला आरम्भका साथै आवश्यक जानकारी प्रवाह गरिनेछ । दोस्रो र तेस्रो दिन सहभागीहरूको समूहगत प्रस्तुतिका साथै उनीहरूले तयार पारेको व्यावसायिक योजना र नमुना प्रस्तुत गर्ने तथा तिनमा सुधार गर्ने र आकार प्रदान गर्ने काम हुनेछ भने चौथो दिन सहभागी समूहरूले निर्णायकहरूसमक्ष आफ्नो अन्तिम कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ ।

निर्णायकमा शैक्षिक क्षेत्र एवं औद्योगिक-व्यावासायिक क्षेत्र दुवैतर्फ विज्ञहरू सहभागी रहनु हुनेछ । निर्णयहरूले प्रस्तुत अवधारणाको प्रभाव, नव-आविष्कारका मौलिकता र उद्यमशीलता क्षमताका आधारमा विजेता समूह घोषणा गर्नेछन् । विगतका सहभागीहरू यस्ता नवउद्यम (स्टार्टअप) र नव-आविष्कारका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरूमा भाग लिन गइसकेका छन् ।

 

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्