Logo
१२ बैशाख २०८१, बुधबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः मंसिर अन्तिममा हावाबाट बत्ती बल्ने, ८० प्रतिशत निर्माणकार्य पूरा

पाँचथर : मिक्लाजुङ-२ सप्तमी बजारमा दुई वर्ष अगाडि परीक्षण गरिएको सौर्य वायुऊर्जाको निर्माणकार्य ८० प्रतिशत पूरा भएको छ । अधिकांश समय बाक्लो हुस्सु र हावा चलिरहने पाँचथर र इलामको सीमावर्ती सप्तमी बजारमा मंसिर अन्तिम साता हावाबाट बत्ती बल्ने भएको छ ।

लेकाली बजार सप्तमी बजार पाँचथर र इलामको सीमावर्ती बजार हो । अधिकांश समय हुस्सु र हावामात्र चलिरहने यो बजारमा २ वर्ष अगाडि वायुऊर्जाको परीक्षण गर्न टावर राखिएको थियो । निर्माणाधीन अवस्थामा रहेको सौर्य वायुऊर्जा निर्माणकार्य ८० प्रतिशत सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

हावा चलिरहने भएर स्थानीयबासीको अग्रसरतामा वायुऊर्जाको उत्पादन कार्य सुरु भएको हो । टावर राखिएको ठाउँमा अहिले भवन निर्माण गरी सकिएको छ । हावाबाट बिजुली उत्पादन गर्नका लागि दुईवटा पंखा राखिएको छ । जसलाई प्राविधिक भाषामा विइन्डर भन्ने गरिन्छ । वायुऊर्जाको ब्याट्रि राखिसकिएको छ ।

वायुऊर्जा र सौर्यऊर्जाको समन्वयमा बिजुली उत्पादन हुने भएकाले अहिले सोलार प्यानल राख्ने कार्य भइरहेको वायुऊर्जा उपभोक्ता समितिका अध्यक्ष तथा मिक्लाजुङ गाउँपालिका–२ का वडाध्यक्ष सन्तोष शेर्माले जानकारी दिए । जम्मा एक सय ५२ वटा प्यालनमध्ये एक सय वटा प्यानल जडान गरिसकेको शेर्माले जानकारी दिए ।

सप्तमी सौर्य, वायुऊर्जा मिनी ग्रिडनामक योजनामार्फत वायुऊर्जामार्फत बती बाल्न लागिएको हो । एसियाली विकास बैंकको ४ करोड ५० लाख रुपैंयाँको आर्थिक सहयोगमा हावाबाट बिजुली उत्पादन हुने भएको हो । कुल लागतको १० प्रतिशत लगानी भने स्थानीय उपभोक्ताले जम्मा गरिसकेको शेर्माले जानकारी दिए ।

हावाबाट बिजुली उत्पादन गराउने जिम्मा ठेकेदार कम्पनी टपसन इनर्जी काठमाडौं र कृष्ण ग्रिल कम्पनी जेभी विराटनगरले पाएको छ । प्राविधिक सहयोग वैकल्पिक ऊर्जा विकास केन्द्र काठमाडौंले गर्नेछ । यस योजनामा वायुका साथै सौर्यऊर्जा पनि रहने निर्माण पक्षले बताएको छ ।

सौर्यबाट ५० र वायुबाट २० गरी ७० किलोवाट विद्युत् उत्पादन हुने ठेकेदार कम्पनीले जानकारी दिएको छ । निर्माणकार्य मंसिर अन्तिम साता सकिने शेर्माले बताए । हावाको बिजुलीबाट सप्तमी बजारका ११० घरधुरी लाभान्वित हुनेछन् । बिजुली उत्पादनपछि सप्तमी बजारमा रहेको नर्थ नेपाल टी स्टेटको चिया प्रशोधन केन्द्र र चिज उत्पादन केन्द्रलाई पनि राहात मिल्नेछ ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्