Logo
१३ बैशाख २०८१, बिहीबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनता बैंकले आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश दिने

काठमाडौँ : जनता बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ८ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आफ्ना शेयरधनीलाई उक्त परिमाणको नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकका अनुसार रु ८ अर्ब ७ लाख ८५ हजार ९२५ चुक्तापूँजीको ८ दशमलव ५० प्रतिशत बराबरको रु ६८ करोड ६० लाख ६६ हजार ८०३ बराबर नगद लाभांश वितरण गर्न लागिएको हो ।

बैंकले गत वर्ष १४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सो बैंकले आव २०७४/७५ मा रु ९३ करोड ४७ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको थियो ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्