Logo
४ बैशाख २०८१, मंगलबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ : दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको पोस्टर तथा कास्ट एण्ड क्रू सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चालाई स्थान दिइएको छ ।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण गरिएको हो । रुदेन सादा लेप्चाको लगानी रहेको चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ ।

‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र आगामी बर्षको जेठ २४ गते बाट प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्