Logo
८ बैशाख २०८१, शनिबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिम्मेवार नेता भएर अशोभनीय बोलेको भन्दै प्रवक्ता श्रेष्ठको आफ्नै पार्टीबाट आलोचना

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘भ्रष्टाचारीलाई कालो मोसो दल्नुस्’ भनेर दिएको अभिव्यक्तिको नेकपाकै नेताहरुले आलोचना गरेका छन् ।प्रवक्ता श्रेष्ठले सोमबार काठमाडौमा भएको एक कार्यक्रममा ‘सबै ठाउँमा अख्तियार चाहिँदैन, भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमसो दल्दिए हुन्छ,’ भनेका थिए ।

तर, प्रवक्ता श्रेष्ठको उक्त भनाई जिम्मेवार नेताबाट आउने किसिमको नभएको तथा शोभनीय पनि नरहेको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले बताए । ‘दुई तिहाई बहुमतको सरकार सञ्चालन गरिरहेको सत्तारूढ पार्टीलाई शोभनीय हुँदैन ।

यो पार्टीको संस्थागत र जिम्मेवार भनाई नभएर उट्पट्याङ कुराजस्तो भयो । यो भनाई श्रेष्ठको मौलिक नभएर चिनियाँ सांस्कृतिक क्रान्तिकालमा गरिएको वितण्डाकै प्रभाव र भावुकता मात्र हो, थापाले बताए । ‘यसरी कालोमोसो दल्न आह्वान गर्न नेकपा ९विप्लव० का प्रवक्ता प्रकाण्डलाई सुहाउला, जसले संविधान र कानुन नमान्ने भनिरहेको पाइन्छ ।

सत्तारूढ दलले त संविधान, कानुन र विद्यमान संयन्त्रमार्फत भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । यदि कानुन र संयन्त्र पर्याप्त नभए बनाउन सकिन्छ । संविधान नै संशोधन गर्नुपरे पनि दुई तिहाई बहुमत छँदैछ ।

तर कानुन हातमा लिने वा लिन उक्साउने अधिकार कसैलाई छैन,’ थापाले श्रेष्ठले दिएको अभिव्यक्तिको आलोचना गर्दै भने, ‘पार्टी प्रवक्ताले नीति, निर्णय र संस्थागत जिम्मेवारी पूरा गर्ने योग्यता प्रदर्शन एवं जिम्मेवारीबोध गरेको बढी मर्यादित र शोभनीय हुन्छ होला ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्