Logo
६ बैशाख २०८१, बिहीबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योगीका लागि आयो बुलेटप्रुफ गाडी, सुरक्षमा RCS प्रविधिको प्रयोग, यस्ता छन् कार्यक्रम-आउने रुट

विवाहपञ्चमी महोत्सवमा १० लाख भन्दा बढी संख्यामा श्रद्धालु भक्तजन आउने अनुमान

जनकपुर : विवाह पञ्चमीको अवसरमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जनकपुरको सुरक्षा व्यवस्थाको लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । विवाहपञ्चमी महोत्सवमा मुख्यमन्त्री आदित्यनाथ भगवान रामको जन्तीको प्रतिनिधित्व गर्दै जनकपुर बुधबार आउनेछन् ।

यसपालि विवाह पञ्चमी महोत्सवमा १० लाख भन्दा बढी संख्यामा श्रद्धालु भक्तजन आउने अनुमान गरिएको छ । अत्याधिक भीडभाड हुने र विभिन्न किसिमको घटना घट्न सक्ने अनुमान गर्दै सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामराको प्रयोग गरिने भएको छ भने अत्याधुनिक ¥यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को प्रयोग गर्न लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाह्रबिघा (रंगभूमि) मैदानमा नेपाल प्रहरीले विशेष क्षमता भएको दुुईवटा ड्रोेन क्यामराको परिक्षण गरी सोहि माध्यमबाट सुरक्षा अवस्थाको जानकारी लिने तयारी गरेको छ । त्यस्तै आरसीएस प्रविधि प्रयोगको लागि समेत परिक्षण गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी दिए ।

सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी बनाउन विवाह कार्यक्रमको एक दिनअघि मंगलबारदेखि नै ड्रोन क्यामरा र आरसीएसको प्रयोग थालिने डिआईजी पालले बताए । सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसीएस प्रविधिको प्रयोग गरी सम्पूर्ण जानकारी लिइराख्ने तयारी गरिएको डिआईजी पाल बताउँछन् ।

आजै राति देखी लागू हुने गरी भीभीआईपी रुट निर्धारण गरेको छ । विवाहपञ्चमीमा उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ आउने भएपछि सवारी आवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले रुट निर्धारण गरेको हो ।

अहिले जनकपुर नगर भित्र मात्रै १ सय ४२ जना ट्राफिक प्रहरी खटिएको एसपी किरण बज्राचार्यले जानकारी दिए । बज्राचार्यका अनुसार आजै राति देखी लागू हुने गरी नगर भित्र साना तथा ठूला सवारी साधन लैजान नपाउनेगरि रुट निर्धारण गरिएको हो ।

नगर भित्र अत्यावश्यक आकस्मिक सेवाका सवारी साधन बाहेकलाई प्रवेश पास अनिवार्य गरिएको छ । योगी आउने रुटमा भोलि मंगलबार सवारी साधन निषेध गरिएको बज्राचार्यले जानकारी दिए ।

योगी आउने रुट :

जनकपुरको एयरपोर्ट देखी मुरली चोक ९विद्यापति चोक०, विशहरा चोक, कदम चोक, भानु चोक हुँदै जनक चोक वाट जानकी मन्दिर जाने बाटो निर्धारण गरिएको छ ।

त्यसपछि, जानकी मन्दिरबाट प्रदेश प्रहरी कार्यालय, थापा चोक, शहीद चोक, जचुकाली, थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै उत्तर गेट वाट रंगभूमी मैदान सम्म विशेष रुट बनाइएको छ ।

पार्किङ स्थानहरू : 

उत्तर ढल्केवर वाट आउने चार चक्के ठूला र साना गाडिलाई जनकपुरको मुजेलिया स्थित मणिपालको खाली ठाउँमा पार्किङ स्थल तोकिएको छ । दक्षिण तर्फ भिठामोडबाट आउने सवारी साधनलाई नयाँ अर्थात् अहिलेको बसपार्क छेउमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

जटही नाका वाट आउने सवारी साधनलाई सिक्स लेन बाटो हनुमान नगरमा पार्किङ स्थल राखिएको छ भने जनकपुरको पूर्व पट्टी बाट आउने सवारी साधनको लागि कदम चोक भन्दा पछाडि पार्किङ स्थल तोकिएको छ ।

मुख्यमन्त्री आदित्यनाथका लागि भारतबाट बुलेटप्रुफ गाडी जनकपुर आइसकेको छ । यस बाहकेक विशेष सुरक्षामा ज्यामर सहित सातवटा अन्य गाडी भित्र्याइएको छ ।

अहिले जनकपुरमा मुख्यमन्त्री आदित्यनाथको विशेष सुरक्षा प्रयोजनका लागि भारतबाट विशेष सुरक्षाको टोली पनि आइसकेको डिआईजी पालले जानकारी दिए । मुख्यमन्त्री आदित्यनाथले जानकी मन्दिरमा पूजा पाठ गर्ने कार्यक्रम तय गरिएको छ ।

पूजा समापनपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ओयाजना गरेको दिवाभोजमा सरिक हुन आदित्यनाथ मुख्यमन्त्री निवास मधेस भवन जाने कार्यक्रम तालिका रहेको जनाइएको छ ।

दिवाभोज समापन पछि मुख्यमन्त्री आदित्यनाथ रंगभुमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयम्वरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

अहिले जनकपुरमा श्रद्धालु भक्तजनको चाप अत्यधिकरुपमा बढ्दै गएको छ ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्