Logo
१५ चैत्र २०८०, बिहीबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

बनेपा : काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नंको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समयमा पैदल हिँडिरहेका श्रेष्ठलाई चाम्लेमा ठक्कर दिदाँ उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

श्रेष्ठको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायले बताउनुभयो ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्