Logo
११ बैशाख २०८१, मंगलबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा प्रादेशिक निर्वाचनको नतिजा : १५ वर्षदेखि सत्तासिन BJP लाई ठूलो झड्का, कांग्रेस अगाडी

भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणना मंगलबार बिहानैदेखि जारी छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरममा भएको विधानसभा चुनावको मतगणना जारी छ ।

मतगणनाको प्रारम्भिक नतिजा अनुसार पछिल्लो १५ वर्षदेखि भाजपा सत्तासिन रहेका राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा कांग्रेस अघि देखिएको छ । यस्तै तेलंगानामा टिआरएसले अग्रता लिएको छ भने कांग्रेसले कडा टक्कर दिइरहेको छ । मिजोरममा एमएनएफ अघि रहेको छ भने कांग्रेसले पछ्याइरहेको छ ।

मध्य प्रदेशमा २३० विधानसभा सिटका लागि भएको चुनावमा बहुमतका लागि ११६ सिट चाहिन्छ । यस्तै १९९ सिटको विधानसभा रहेका राजस्थानमा बहुमतका लागि १००, ९० सिट रहेको छत्तीसगढमा बहुमतका लागि ४६, ११९ सिट रहेको तेलंगानामा बहुमतका लागि ६० तथा ४० सिट रहेको मिजोरममा बहुमतका लागि २१ सिट चाहिन्छ ।

राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा भारतीय जता पार्टी ९भाजपा० लाई ठूलो झड्का लाग्ने देखिएको छ । यी राज्यहरुमा नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारमा रहेको पार्टी भाजपालाई पछि पार्दै राहुल गान्धीको भारतीय कांग्रेस सत्तामा जाने संकेत देखिएको छ ।

यस्तै तेलंगानामा पनि कांग्रेस बलियो अवस्थामा रहेको छ र मिजोरममा पनि । सन् २०१९ मा हुने आम चुनावको सेमिफाइनलको रुपमा हेरिएको यी पाँच राज्यको चुनावी नतिजाले जनमत कांग्रेसको पक्षमा केही बढ्दै गएको देखिने सम्भावना छ ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्