Logo
४ बैशाख २०८१, मंगलबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाघले जस्तै मान्छेको दाँतले टोकी-टोकी बोका मार्ने परम्परा डोटीमा कायमै, यसपटक ६४ बोकाको बली

डोटी : सुन्दा अचम्म लाग्न सक्छ । हाम्रै नेपालमा एउटा आश्चर्यलाग्दो परम्परा कायम रहेको छ । डोटी जिल्लाको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर दाँतले टोकी(टोकी बोका मार्ने परम्परालाई कायम राखेका छन् ।

उक्त ब्यक्तीले यसपटक ६४ वटासम्म बोकालाई दाँतले टोकेर मारेका छन् । त्यसलाई स्थानियले दैवी शक्ति र परम्पराका रुपमा लिने गरेका छन् ।

प्रत्येक तीन–तीन वर्षमा यसरी बोकाको बलि चढाइए गाउँमा जंगली जनावर, भुत प्रेत, बाढी पहिरोले दुःख नदिने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका ६ गीरीचौकामा जिउँदा ६४ ओटासम्म बोका हरेक तीन–तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा छ ।

आङमा देउता चढेको भन्दै एक जना झाँक्रिले ६४ वटा सम्म जिउँदा बोका दाँतले टोकेर मार्ने परम्परा अहिले सम्म कायमै रहेको छ । यसरी बोका काट्ने झाँक्रीलाई ‘डुणाबाघ’ नाम दिइन्छ ।

झाँक्रिले बली चढाएको बोका आफ्नो दाँतले टोक्दै दुई टुक्रा बनाउने गर्छन यसलाई त्यहाँका स्थानीयले दैवीय शक्तिका रुपमा निरन्तरता दिई आएको स्थानिय दिपक खड्काले बताउनु भयो ।

बाघकै शैलीमा दाँतले बोका काट्दा पहिलो बोका स्वयं देउता काप्ने व्यक्तिले ल्याउँछन् । अन्य बोका गाउँका अन्य स्थानिय तथा भाकल गर्ने व्यक्तिले चढाउने प्रचलन छ ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्