Logo
८ बैशाख २०८१, शनिबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्र सरकारप्रती निकै आक्रमक देखिने लालबाबु राउत परिषद बैठकमा भने मौन, पाए उपाहार

काठमाडौं : बाहिर संघीय सरकारप्रति निकै आक्रमक देखिने र चर्को भाषण दिने प्रदेश २ का मुख्यमन्त्री राउत अन्तरप्रदेश परिषद्को बैठकमा मौन झै प्रस्तुत भए ।

बोल्ने पालो आउँदा समेत उनले तर्कसंगत कुरा नगरेको बैठकमा सहभागी एक संघीय मन्त्रीले बताए । उहाँ त बाहिर निकै भाषण दिनेगरेको सुनेको थिंए तर खोइ कुनै तर्कसंगत कुरा त उहाँले बैठकमा राख्नु भएन” उनले भने – “प्रधानमन्त्रीले बिच-बिचमा उहाँलाई कोट्याएर सोध्नु हुन्थ्यो तर उहाँले सबैको जे निर्णय हुन्छ त्यसमा मेरो पनि सहमति हुन्छ भन्दै जवाफ् फर्कनु हुन्थ्यो” ।

बैठकमा सहभागी एक कर्मचारीकाअनुसार मुख्यमन्त्री राउतले आफ्नो मनतव्य प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसाबाट नै सुरु गरेका थिए ।

राउतले प्रदेशमा मात्र नभएर संघमा पनि समस्या रहेको कुरा बताउँदा प्रधानमन्त्री पनि खुशी भएका थिए । मुख्यमन्त्री राउतले प्रधानमन्त्रीले चाहेको खण्डमा सबै प्रदेश र समग्र देश विकास हुन सक्ने बताए ।

मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीको प्रसंसा गरिरहदा ओलीले “होइन राउत जी हो कि पंडित जी हो?” भनेर हास्दै ठटा गरेका थिए । प्रधानमन्त्रीले यसरी भनिरहदा बैठकमा सहभागी सबैजना हासेका थिए ।

प्रधानमन्त्री ओलीको योजनाहरुको पनि मुख्यमन्त्रीले प्रशंसा गरेका थिए । प्रशंसा गर्दै राउतले आफ्ना एजेण्डाहरु राखेको ती कर्मचारीले बताए ।

कर्मचारीको समस्या, कानूनी जटिलता, संघीय सरकारले खोस्न लागेको ठूला आयोजनाको विषयमा पनि मुख्यमन्त्री राउतले धारणा राखेका थिए ।

समिति गठन
यसैबीच प्रदेशहरुको समस्याको पहिचान र सनाधानकालागी एउटा समिति बनाईको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बनेको समितिमा संघीयमन्त्री लालबाबु पंडित, अर्थमन्त्री युवराज खतिवडा पनि रहेका छन् ।

त्यसैगरी प्रदेश २ का मुख्यमन्त्री राउत, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, मुख्यसचिव लगायतका रहेका छन् । प्रदेश २ का मुख्यमन्त्री राउतलाई भने प्रधानमन्त्रीको प्रस्तावमा रखिएका हुन् ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्