Logo
१३ बैशाख २०८१, बिहीबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी समायोज नभएसम्म नयाँ कर्मचारी भर्ना नगरिने

काठमाडौं :  कर्मचारी समायोज नभएसम्म नयाँ कर्मचारी भर्ना नगरिने भएको छ । लोकसेवा आयोगका अनुसार सरकारको आग्रहमा नयाँ भर्ना फेरि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

कात्तिक २८ गतेको मन्त्रिपरिषदले असोजमा प्रकाशित हुनुपर्ने पदपूर्ति विज्ञापन कार्यतालिका संशोधन गरी मंसिर मसान्तमा सार्न आयोगलाई आग्रह गरेको थियो । त्यहीँदेखि आयोगका सबै कार्यक्रम स्थगित छन् ।

‘हामी विज्ञापनका लागि तयार नै छौं तर हामीलाई माग संख्या पठाउने निकायबाट त्यो प्रक्रियासहित आउनु पर्छ’, लोकसेवा आयोगका प्रवक्ता किरण शर्मा भन्छन, ’मंसिर २५ गतेसम्मका कार्यक्रम स्थगित छन् । त्यसपछिको विज्ञापन प्रक्रिया अघि बढाउन आयोगलाई पत्र आइसकेको छैन ।’

लोकसेवालाई अधिकांश मन्त्रालयहरुको कर्मचारी माग संख्या उपलब्ध गराउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म सिट संख्याबारे गृहकार्य नगरेको हो । मन्त्रालयले रिक्त पदहरुको प्रतिशत निर्धारण गरी आयोगमा नपठाएसम्म विज्ञापन सार्वजनिक हुनेछैन ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्