Logo
११ बैशाख २०८१, मंगलबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

(नेकपा) फेरि धरापमा, सर्वोच्चले उठायो प्रश्न

काठमाडौं : एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम फेरी धरापमा परेको छ ।
सर्वोच्च अदालतले हालै मात्र दुई पार्टी कसरी दर्ता भए भनेर निर्वाचन आयोगलाई सोधेसँगै नाम धरापमा परेको हो ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले निर्वाचन आयोग एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा विधिवत दर्ता छँदाछँदै उही नाममा निर्वाचन आयोगले अर्को पार्टीलाई दर्ता दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले गत मंसिर २१ गते निर्वाचन आयोग एवं सत्तारुढ नेकपाका दुई अध्यक्षलाई प्रतिवादी बनाई मुद्दा दायर गरेका थिए ।

कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सत्तारुढ दल नेकपाले विधानविपरीत आफ्नो पार्टीको पहिचान नै अन्त्य हुनेगरी नामाकरण गरेर नाम राखेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्