Logo
१३ बैशाख २०८१, बिहीबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भन्सारका कर्मचारी घुसमा, राजस्व छल्दै ठूला घरना !

काठमाडौं : भन्सारमा काम गर्न जाने कर्मचारीको छवि अहिले होइन्, बिग्रेको धेरै बर्ष भयो ।

भन्सार मुल्यांकनमा कम देखाई ब्यापारिहरुबाट बार्गेनिङ् गर्नाले अहिले सिंगो भन्सार क्षेत्र बदनामित बनेको छ । यो क्रम अझै रोकिएको छैन । व्यापारीहरुले पनि राजस्व छल्न अझै छाडेका छैनन । राजश्व अनुसन्धान विभागका अनुसार चालू आवको ४ महीनामा मात्रै राजस्व चुहावट गर्ने एडिडाससहितका ४२ फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ ।

विभागले साउन महिना यता राजस्व चुहावटका दोषी ४२ फर्मविरुद्ध ५ अर्ब ७७ करोड १७ लाख रुपैयाँ बिगो दावी गर्दै विभिन्न अदालतमा मुद्दा दायर गरेको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार ख्याती प्राप्त ब्राण्ड एडिडासले पनि राजश्व चुहवटा गरेको छ । उनका अनुसार एडिडासले सामान पैठारी गर्दा ७५ करोर रुपैयाँ बराबरको राजश्व छली गरेको हो ।

राजस्व अनुसन्धान विभागले ४२ वटा फर्म र विभिन्न संघसंस्थाका ७७ व्यक्तिविरूद्ध समेत राजस्व चुहावटको अभियोग लगाएको छ ।
विभागले बिगो र सजाय गरी ५ अर्ब ७७ करोड माग दावी गरेको छ । यीमध्ये ८ जना राजस्व प्रशासनका कर्मचारी संलग्न रहेको उल्लेख गरेको हो ।

विभागले दिएको जानाकारी अनुसार एडिडास कम्पनीको सामान पैठारी गर्ने मितेरी इन्टरनेशनल स्थायी लेखा नं ६०३०२५९६३ ले ७५ करोड ९६ लाख रुपैयाँ राजश्व छली गरेको हो । एडिडासको सामानमा राजश्व छली गर्नमा संलग्न रहेका रञ्जन त्रिपाठीलाई ७ करोड रुपैयाँको विगो दावीसहित १५ करोडको जरिवाना ३ वर्षको कैद माग गरिएको छ । त्यस्तै सुमन श्रेष्ठलाई १५ करोड जरिवानासहित ३ वर्षको कैद, धिरज कुमार थापा र पवित्रकुमार खड्कालाई पनि सोही अनुसारको जरिवाना र कैद सजाय विभागले माग गरेको हो ।

त्यस्तै धनबहादुर तामाङ र डम्बरबहादुर श्रेष्ठलाई ७ करोड जरिवानासहित साढे १ वर्ष कैद सजाय माग भएको छ भने सुभान इन्टरनेसनलाई १८ लाख बिगोसहित त्यसमा संलग्न भरतबहादुर अर्याल, सुशील पाण्डे, सावित्री श्रेष्ठ र कृष्णबहादुर श्रेष्ठलाई ३ वर्षको कैद सजाय माग भएको हो ।

त्यस्तै छिरिङ ङटुप लामा र लोप्साङ तेन्गेले १० किलो सुन अबैध रुपमा आयत गरेकोमा ५४ करोड रुपैयाँको बिगो र तीन वर्ष कैद सजाय माग भएको छ । त्यस्तै अरुणकुमार दास र रोशन कुमार दासले विदेशी मुद्रको अवैध कारोबार गरी राजश्व छली गरेको आरोपमा २ अर्ब रुपैयाँको बिगो र ३ वर्षको कैद माग भएको छ ।

त्यस्तै बहादुर तामाङले पनि ५ किलो सुन आयात गरी १२ करोड रुपैयाँ राजश्व छली गरेको भन्दै उनी विरुद्ध पनि बिगोसहित ३ वर्षको कैद माग भएको देखिन्छ ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्