Logo
७ बैशाख २०८१, शुक्रबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

EPLमा आज दुई खेल : साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।

कृतिपुर स्थित टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दैछ ।

आफ्नो पहिलो खेलमा नै ललितपुर प्याटि्रयटसलाई तीन विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको विराटनगर पोखरालाई पनि पराजित गर्ने लक्ष्यमा छ ।

पोखराको लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । शीर्ष चारभित्र पर्नका लागि पनि पोखरालाई आजको खेल जित्नै पर्ने हुन्छ ।

पराजित भएमा पोखरा लगातार तीन खेलमा हार ब्यहोर्दै दुई खेलअघि नै पोखरा प्रतियोगिताबाट बाहिरिने छ । यसअघि भएको खेलमा पोखराले भैरहवा ग्लाडिएटर्ससँग चार विकेटले र ललितपुर प्याटि्रयटससँग आठ विकेटले पराजित भइसकेको छ ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा भैरहवाले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । लगातार दुई खेलमा पराजित भएको चितवनले आजको खेल जित्नै पर्ने अवस्थो छ ।

यसअघि चितवन पहिलो खेलमा ललितपुरसँग ११ रनले पराजित भएको थियो भने काठमाडौं किंग्स इलाभेनसँग ६ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्