Logo
११ बैशाख २०८१, मंगलबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाह पाइराख्नुहोस् चुम्बनबारे केहि जानकारी : यी हुन् ध्यन दिनुपर्ने कुराहरु

चुम्बन शब्द जर्मनीको ‘कस्ट’ शब्दबाट आएको हो । चुम्बन ‘किस’ भन्नाले आफ्नो ओठले अरुको ओठमा वा शरीरको अन्य अङ्गमा छुवाउनु अथवा चुम्नु नै चुम्बन हो । कतिपय एसियाली संस्कृतिमा चुम्बन गरिँदैन ।

साथै व्यावहारिक उद्देश्य पनि रहँदैन । यसले प्रेम, स्नेहा, यौन आकर्षण, कामुक गतिविधि, कामोउतेजना आदार, अभिवादन, मित्रता तथा अरु खुशिको भाव र्दशाउने गर्दछ । प्रेम प्रकट गर्ने चुम्बनले ठुलो भूमिका खेल्ने गर्छ । प्रेम र भावनाको प्रतीकका रूपमा रहेको चुम्बनलाई अन्तर्रा्ष्ट्रिय दिवसका रूपमा मनाउन थालिएकोे छ ।

चुम्बन गर्दा ध्यन दिनुपर्ने कुरा निम्न अनुसार छ :

१) चुम्बन गर्दा नियमित रूपमा मुखको सरसफाइमा ध्यान दिनु आवश्यक छ ।

२) मेनिन्जाइटिस, क्षयरोग, हेपाटाइटिस बीजस्ता खतरनाक रोग भएको मान्छेहरुसंग ओठमा चुम्बन गर्नु हुदैन । किन भने यस्तो रोग थूक तथा रगतमार्फत सर्न सक्छ  । चुम्बन गर्दा मुखमा हुने थूक तथा साससम्बन्धी रोगका कारण संक्रमण हुन सक्छ ।

३) कतिपय मानिसको गिजाबाट रगत आउने समस्यालाई ‘जिन्जिवाइटिस’ भनिन्छ । यो चुम्बन गर्दा संक्रमण हुने सम्भावना हुन्छ ।

४) चुम्बन गर्नुअघि ब्रस गर्नु पर्छ यसले संक्रमण हुने सम्भावना कम हुन्छ ।

५) कतिपय मान्छेहरु स–साना बालबालिकालाई ओठमै चुम्बन गर्दछ । यसो गर्दा ठूला मानिसको मुखको कीटाणु बालबालिकामा सर्र्न सकिन्छ ।

चुबनका केहि रमाईलो पक्ष :

1 पुरुषहरूमा यसले टेरेस्टेरोन हर्मोनको माध्यमबाट भावना जागृत गराउँछ।

2 चुम्बनलाई एडिक्सनको रूपमा समेत लिने गरिन्छ।

3 चुम्बनले तपाईंलाई प्रेम दिलाउँछ । उही व्यक्तिबीच हुने चुम्बन क्रमशः पुरानो लाग्दै जाने अध्ययनले बताएका छन् ।

4 सुरक्षित रूपमा गरिने चुम्बनले स्वास्थ्यलाई फाइदा गर्छ । यसले प्रतिरक्षा प्रणाली बढाउँछ, तनाव मुक्त गर्छ र उच्च रक्तचाप घटाउन सहयोग गर्छ।

5 चुम्बनपछि आपसमा महसुस र प्रतिक्रिया भएन भने त्यो उपयुक्त साथी होइन।

6 मनोवैज्ञानिकहरू भावुक चुम्बनलाई सम्बन्ध निरन्तरताको सहयोगी मान्छन्।

7 पुरुषको तुलनामा महिलाहरू चुम्बनलाई महत्व दिन्छन्।

8 चुम्बनको समयमा कम्तीमा अनुहारका २४ मांसपेशी र घाँटी, काँध र गर्धनका एक सय १२ मांसपेशी सक्रिय हुन्छन्।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्