Logo
७ बैशाख २०८१, शुक्रबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट आएका हतियारधारी समुह र प्रहरीबीच सुनसरीमा फेरि भिडन्त, एकको मृत्यू

बिराटनगर : प्रदेश नम्बर १ स्थित कोशी ब्यारेज नजिकै भारतसँग सीमा जोडिएको सुनसरीको कोशी गाउँपालिकामा हतियारसहित भारतबाट छिर्दै गरेको समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । भिडन्तमा परि एक जनाको मृत्यू भएको छ । सोही स्थानमा केहि वर्ष अघि पनि यसरी नै भिडन्त भएको थियो । त्योबेला भारतीय सिमा सुरक्षा बलसंग नेपालीहरुले समुह बनाएर भिडन्त गरेका थिए । तस्करहरुको समुहले नेपाल भारतको नाममा पटक पटक भिडन्त गर्ने गरिएको स्थानिय प्रशासनको भनाई रहेको छ ।

गए राती गस्तीमा रहेको प्रहरी टोलीले नेपाल प्रवेश गरिरहेका समूहलाई रोक्न खोज्दा कोशी गाउँपालिका ७ मा दोहोरो भिडन्त भएको हो ।
हतियारधारी समूहलाई नियन्त्रणमा लिन पुगेको प्रहरी उपर फायरिङ भएपछि जवाफी कार्वाहीमा प्रहरीले अवस्था नियन्त्रणमा लिन १० राउण्ड गोली चलाएको छ ।

सुनसरी प्रहरीले दिएका जानकारी अनुसार रातीको समयमा सुराकीका आधारमा सीमा क्षेत्रमा निगरानी बढाइको थियो । भारतबाट नेपाल प्रवेश गर्दै गरेको समूहलाई सोधपुछका क्रममा रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भएपछि जबाफी कार्वाही गरिएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।

५ जनाको समूहमा रहेको समूहले प्रहरी माथि गोलि प्रहार गर्दै भाग्ने प्रयास गरेपछि जवाफी कार्वाहीमा उत्रिएको प्रहरीले चलाएको गोली लागि अन्दाजी ३५ वर्षिय पुरुषको घटनास्थलमा ज्यान गएको छ । मृतकको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

मृतकको अहिलेसम्म पहिचान भने खुल्न सकेको छैन् । दोहोरो गोली हानाहान भएकाले हतियारधारी समूहलबाट कति राउण्ड गोली चलेको भन्ने विषय यकिन भैसकेको छ्रैन् । घटनास्थलबाट प्रहरीले लोड गरिएको दुईवटा पेस्तोल र ५ थान गोली समेत बरामद गरेको जनाएको छ । गोलीलागि हतियारधारी समूह घाइते भएको हुन सक्ने अनुमान गरेको प्रहरीले रातीबाट नेपाल भारत सीमा सर्च अप्रेशन जारी राखेको सुनसरीका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्