Logo
११ बैशाख २०८१, मंगलबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जन्तीको रुपमा आइरहेका मुख्यमन्त्री योगीको स्वागतमा नेपाली सेनाले हेलिकप्टर मार्फत पुष्पवृष्टी गर्ने

प्रत्येक वर्षझै यस वर्षपनि जनकपुरमा विवाहपञ्चमीको महोत्सव धुमधाँमले गरिने भएको छ । आगामी २६ गते हुन गइरहेको विवाहपञ्चमी महोत्सवमा यसपटक भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको रुपमा नेपाल आउँदैछन् । नेपाली सनाले मुख्यमन्त्री योगीको स्वागतार्थ पुष्पवृष्टी गर्ने भएको छ ।

संघीय सरकारले योगी आदित्यनाथ जन्ती बनेर आउन लागेको कुरा प्रदेश सरकारलाई यसअघि नै अ‍ैपचारीक जानकारी समेत गराइसकेको छ । जनकपुरमा जन्ती बनेर आउन लागेका मुख्यमन्त्री आदित्यनाथलाई सेनाले हेलिकप्टरबाट पुष्पवृष्टी गरेर स्वागत गर्ने तयारी थालेको हे ।

काठमाडौंबाट नेपाली सेनाले हेलिकप्टर ल्याएर पुष्पवृष्टि गरिने धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित गोरखनाथ गणका प्रमुख सेनानी भोला पाण्डेले बताए । उनले भने, ‘हेलिकप्टर हाम्रै नेपाली सेनाको हुनेछ भने फूल जानकी मन्दिरले प्रदान गर्नेछ ।’

उनका अनुसार नेपाली सेनाको १५ सदस्यीय एउटा ब्याण्ड टोली समेत काठमाडौंबाट जनकपुरधाम आउँदैछ । २६ गते भगवान् राम र सीताको डोलीले नगर परिक्रमा गर्दा ब्याण्ड टोलीले सांस्कृतिक प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्