Logo
१५ चैत्र २०८०, बिहीबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यादवले सम्हालेको स्वास्थ्य मन्त्रालयमा ३ सचिव, अधिकारीको सरुवाप्रति चिकित्सक संघको विरोध

काठमाडौँ : सरकारले स्वास्थ्य सचिवमा केदार बहादुर अधिकारीलाई नियुक्त गरेसँगै पसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ३ सचिव भएका छन् ।

अधिकारीसँगै डाक्टर पुष्पा चौधरी र डा सुशीलनाथ प्याकुरेल सचिव रहेका हुन् । प्रधानमन्त्री कार्यालयमा रहेका अधिकारीलाई गत सोमवार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सचिवको जिम्मेवारी दिएको थियो । स्वास्थ्य क्षेत्रबाहिरका सचिव अधिकारीले आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट स्वास्थ्य सचिवको रुपमा पत्र समेत बुझिसकेका छन् ।

यस्तै अर्का सचिव डाक्टर पुष्पा चौधरीलाई सरकारले असोज २८ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो । त्यसको विरोधस्वरुप उनले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले उनको सरुवा तत्काल नगर्न आदेश दिएलगत्तै उनी सचिवकै जिम्मेवारीमा मन्त्रालयमा छिन् ।

सचिव चौधरीसँग मतभेद बढेपछि स्वास्थ्यमन्त्री यादवले एक महिनाअघि १२ औं तहका प्रमुख विशेषज्ञ डा।सुशीलनाथ प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिएका थिए । यसैबीचनेपाल चिकित्सक संघले सरकारले नियम विपरित स्वास्थ्यसचिवको सरुवा गरेको आरोप लगाएको छ ।

संघले सोमबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्य सचिवमा नियुुक्त हुँदै आएकोमा सरकारले हाल उक्त ऐनको भावना र मर्म विपरित गैरस्वास्थ्यकर्मीलाई स्वास्थ्य सचिव नियुक्त गरेको आरोप लगाएको छ ।
महासचिव डा। लोचन कार्कीद्धारा जारी गरिएको विज्ञप्तीमा सरकारले तत्काल निर्णय फिर्ता नलिए आन्दोलनको चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्