Logo
११ बैशाख २०८१, मंगलबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदूत शेर्पा मन्त्रालयमा हाजिर : मानव तस्करीको आरोपबारे छानबिन समितिमा बयान दिँदै

काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा मन्त्रालयमा हाजिर भएकी छन्।

मानव तस्करीको आरोप लागेकी शेर्पा
छानबिनमा परेपछि आइतबार काठमाडौं आइपुगेलगत्तै स्पष्टिकरण दिन मन्त्रालयमा हाजिर भएकी हुन्।

परराष्ट्रका प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नेतृत्वमा अस्ट्रेलियासमेत हेर्ने महाशाखा प्रमुख तापास अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारीसहितको समितिले उनीबारे छानबिन थालेको छ।

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालका अनुसार यथार्थ बुझ्नका लागि राजदूत शेर्पालार्इ काठमाडाैं बाेलाइएकाे हाे ।

सत्यतथ्य पत्ता लगाउन परराष्ट्रले छानबिन समिती बनाएकाे समेत ढकालले बताए ।

शेर्पाले अाइतबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसामु आफ्नो धारणा राखेकी छन्। उनले छानबिन समितिमा अाज (सोमबार) बयान दिने छन्।

राजदुत शेर्पामाथि उनले आफ्नो चालक बनाई अष्ट्रेलिय लगेका वाङछु शेर्पाले राजदुत लक्की शेर्पा र उनका श्रीमान वाङछु नमाङसोनाम शेर्पाले पैसा लिएर अष्ट्रेलिया ल्याएको आरोप लगाएका थिए ।

त्यसपछि अष्ट्रेलियामा रहेको नेपाली दुतावासले विज्ञप्ती जारी गर्दै वाङछु शेर्पा बहुमुल्य सामानहरु चोरी गरेर भागेको र यसवारे अष्ट्रेलियाको परराष्ट्र मन्त्रालय र सरोकारबाला निकायलाई जानकारी गराएको उल्लेख गरिएको छ ।

राजदुतलाई कुटनीतिक प्रतिरक्षाका कारण अष्ट्रेलियामा कार्वाही गर्न नसकेपछि अष्ट्रेलियन सरकारले वाङछुको उद्धार गरी उनलाई प्रोटेक्सन भिषा दिएको छ ।

वाङछु शेर्पाले आफू अष्ट्रेलिया जाँदा ३३ लाख ५० हजार राजदुत र उनका श्रीमानलाई दिएका थिए ।

यति मात्र होईन ६४ लाख रुपैया दिएर वाङछुकी श्रीमती फुलमु शेर्पालाई पनि अष्ट्रेलिया ल्याउने भने राजुदुत शेर्पाका श्रीमान नमाङ सोनामबीच लेनदेनको कागज गरिएको थियो ।

त्यसपछि राजदुत लक्की शेर्पाले आफूलाई काम गर्ने व्यक्ति आवश्यक भएकाले फुलमु शेर्पालाई अष्ट्रेलिया ल्याउन परराष्ट्र सचिवलाई पत्र समेत लेखिएको थियो । वाङछुले ६४ लाख रुपैयां दिनुपर्ने काजग र परराष्ट्रलाई लेखेको पत्र दुवै राजदुत शेर्पा आफैले लेखेकी थिइन् ।

वाङछुकी श्रीमती फुलमुलाई अष्ट्रेलिया ल्याउन एड्भान्समा १० लाख रुपैयां मागिएको थियो । जसमा वाङछुले ३ लाख मात्र दिन सक्ने बताइरहेका थिए । बार्गेनिङ चलिरहँदा वाङछुले हजार डलर अष्ट्रेलियामै राजदुत शेर्पालाई क्यास दिएको बताउछन् ।

यता नेपालमा भने अष्ट्रेलिया जान मेडिकल गरेर तयार भएकी वाङछु शेर्पाकी श्रीमती फुलमले प्रोसेसका लागि भनेर १ लाख रुपैयां राजदुत शेर्पाका श्रीमान नवाङसोनाम शेर्पालाई दिएकी थिइन् ।

स्रोतकाअनुसार फुलमु अहिले जेलमा भएपनि उनकी बहिनीका श्रीमान गेल्बु शेर्पा नवाङसोनामलाई १ लाख रुपैयां दिदा सँगै थिए ।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्