Logo
७ बैशाख २०८१, शुक्रबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी समायोजन अध्यादेश राष्ट्रपतिबाट स्वीकृत (हेर्नुस् पुरै अध्यादेश जस्ताको त्यस्तै)

काठमाडौं : कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ आइतबार राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणीकरण गरेकी छन् । भण्डारीले आइतबार सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालय शीतलनिवासका प्रवक्ता छविन्द्र पराजुलीले बताए ।

मन्त्रिपरिषद्ले गरेको निर्णयको एक सातामा राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । उक्त अध्यादेश अब राजपत्रमा प्रकाशित हुनेछ । राजपत्रमा प्रकाशित भएपछि अध्यादेशले कानुनको रुप लिनेछ ।

तत्काल संसद बैठक नबसिरहेको र प्रदेश तथा स्थानीय तहमा कर्मचारी पठाउन नसकेको भन्दै गत साता सरकारले अध्यादेश पारित गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो ।

केही समयपछि नै संसदको हिउँदे अधिवेसन सुरु हुने अवस्थामा सरकारले संसदलाई छलेर अध्यादेश ल्याएको आरोप छ । संसद अधिवेसन सुरु भएको ६० दिनमा प्रतिस्थापन विधेयक भने सरकारले पारित गर्नुपर्ने हुन्छ । यदि त्यसो हुन नसकेमा विधेयक निस्क्रिय हुनेछ ।

हेर्नुस् पुरै अध्यादेश जस्ताको त्यस्तै

http://45.77.46.207/2018/12/67503/

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्