Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार गर्ने जो कोहिलाई पनि छुट नदिने अख्तियार प्रमुख घिमिरेको उद्घोष

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्। प्रमुख आयुक्त घिमिरेले संक्रमणका नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नदिइने पनि स्पष्ट पारेका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले भ्रष्टाचार हुन नदिन सरकार, नागरिक समाज र संचार माध्याम सबैको एकीकृत प्रयासको जरुरी रहेको पनि बताएका हुन् । प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।

घिमिरेले प्रदेश र स्थानीय तहलाई पनि भ्रष्टाचार हुन नदिन विशेष निगरानी राख्न सचेत गराए। उनले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्