Logo
७ बैशाख २०८१, शुक्रबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश, ३५० उजुरीमाथि अनुसन्धान सम्पन्न

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरिएको हो ।

नेपालको संविधानको धारा २९४ (१) अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । प्रतिवेदन पेश गर्दै आयोगका अध्यक्ष शर्माले गएको एक वर्षमा मानव अधिकारसम्बन्धी १५२ उजुरी दर्ता भएको जानकारी गराएको छ ।

पुराना तथा नयाँ गरी ३५० उजुरीमाथि अनुसन्धान सम्पन्न भएको र ४६३ पटक अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ ।‘सबैका लागि घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने नारालाई प्राथमिकतामा राखी आयोगले ३२४ वटा संवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्