Logo
७ बैशाख २०८१, शुक्रबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेलमा रहेका संयज ‘टकला’ निधिलाई छाडी अब उपेन्द्र यादवको शरणमा

काठमाडौं : लामो समयदेखि बिभिन्न अभियोगमा जेल जीवन बिताईरहेका पुर्व सांसद तथा मन्त्री संजय साह ९टकला० अब उपेन्द्र यादवको शरणमा पुगेका छन् । गत साल निर्वाचनको बेलामा राजेन्द्र महतोलाई पराजित गर्न नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिको शरणमा पुगेका साह अहिले उपेन्द्र यादवको शरणमा पुगेका हुन ।

तत्कालिन अवस्थामा निधिले चुनाव जितेपछि जेल मुक्त गराउने आश्वासन दिएपनि निर्वाचनपछि नेता निधिले खासै कुनै मतलब नगरेपछि अहिले उपेन्द्र यादवको शरणमा पुगेको श्रोत दावी छ ।

विमलेन्द्र निधिले मतलब गर्न छाडेपछि पुर्व एमाले तथा हाल नेकपा नेता रघुवीर महासेठसँग पनि साहले सहयोगको याचना गरेका थिए । तर महासेठले पनि खासै भाउ नदिएपछि अहिले नेता साहले आफ्ना सहयोगीहरुमार्फत यादवको शरणमा पुगेका हुन् ।

तत्कालिन मधेशी जनअधिकार फोरमका नेता पछि बिजय गच्छदारले पार्टी फोडेपनि गच्छदार खेमामा गएका थिए ।  त्यसपनि उनले आफ्नै नेतृत्वमा मधेश क्रान्ती फोरम नामको संगठन बनाएका थिए ।

तर पछि गच्छदारले उनलाई कारवाही गर्ने तयारी थालेपछि उनले मधेश क्रान्ति फोरम कुनै पार्टी नभई एउटा बैचारिक संगठन मात्र रहेको जवाफ दिएका थिए ।

सोही संगठनका केशव झा पछि शरत्तसिंह भण्डारीको नेतृत्वमा रामसपामा गए पनि साहले भने मधेश क्रान्ति फोरमलाई अस्तित्वमै राखेका थिए ।

पछि पक्राउ परेर उनी जेल गएपनि उनले आफ्ना निकटतम नवीन यादव मार्फत उक्त फोरमलाई अस्तित्वमै राखेका छन् । पछिल्लो पटक नवीन यादव मार्फत उपेन्द्र यादवसँग वार्ता थालेको बताइएको छ ।

जनकपुरमा साहुजीहरुको भोट बैंक रहेको र त्यसलाई क्यास गर्न उउटा साहु नेता आफूलाई पनि आवश्यक भएको भन्दै उपेन्द्र यादवले पनि टक्लालाई आफ्नो पार्टी लिन तयार भएको बताइएको छ ।

नवीन यादवले भने यसबारे केहि बोल्न चाहेन । उनले यसबारे आधिकारिक कुरा संजय सरले नै गर्ने बताए । समाचार श्रोतका अनुसार, जनकपुरमा फोरम नेपालको संगठन त्यति बलियो नभएको र अहिले राजपासँग पनि टाढिएको अवस्थामा नेता साहको सहयोगमा त्यहाँ बलियो बनाउने रणनीति अनुसार दुईबीच अगामी दिनमा एक–अर्कालाई सहयोग गरेर अगाडि बढ्ने सहमती बनेको छ ।

साहले कुनै पनि हालतमा आफूलाई जेलमुक्त गराउन सहयोगको याचना गरेका छन् भने त्यसपछि फोरम र यदवप्रति आफू जीवनभर समर्पित रहने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्