Logo
११ बैशाख २०८१, मंगलबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपासँग नजिकिएका यादव अचानक राजपासँग पार्टी एकीकरण गर्न तयार, वार्ता कमिटी गठन 

काठमाडौँ : केन्द्र र प्रदेशमा सत्तासीन संघीय समाजवादी फोरम नेपालले प्रदेश सरकारका अर्को सत्तारुढ घट्क राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण गर्नका लागि औपचारिक अह्वान गर्दै एकता प्रक्रियाका लागि वार्ता समिति गठन गरेको छ ।

राजपा कुनै राजनीतिक दल नभई २/४ जना मठाधिशहरुको झुण्ड भएको बताउने फोरम अध्यक्ष उपेन्द्र यादवले आफ्नै अगुवाइमा राजपासंग वार्ता अह्वान गर्दै वार्ता कमिटी समेत गठन गरेका हुन् ।

शनिबारदेखि राजधानीमा शुरु भएको फोरम केन्द्रीय समितिको बैठकले सो समिति गठन गरेको हो । राजपा नेपाल र फोरम नेपालको बीचमा एकीकरणका लागि पहिलादेखि छलफल हुँदै आएको हो ।

राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो र सदस्य महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष यादवबीच यसअघि पनि कयौंपटक एकीकरणका लागि छलफल भइसकेका छन् ।

यशअघि राजपा बन्ने बेलामै उपेन्द्र यादवको फोरमलाई पनि सहभागी गराउने कुरा थियो तर यादवले डाक्टर बाबुराम भट्टराईलाई नेतृत्वमा राख्न आग्रह गरेपछि उक्त प्रस्ताव अस्वीकार्य भएको थियो ।

दुई दलको बीचमा एकीकरणका लागि दोस्रो तहका नेताहरुको बीचमा पनि पटक-पटक छलफल भइसकेको छ । तर, राजपा नेपालभित्र आन्तरिक विवाद शुरु भएपछि अहिले वार्ता र छलफल हाल स्थगित रहेको छ ।

उता, भारतको चाहना पनि राजपा नेपाल र फोरम नेपालबीच एकीकरण होस् भन्ने नै रहेको छ । मधेशमा एउटा वैकल्पिक शक्ति निर्माण गर्नका लागि भारतले दुई दलबीच एकीकरण गराउन चाहेको स्रोतले जनाएको छ । यद्यपि उपेन्द्र यादवले भने ठाकुरको नेतृत्व आफू नबस्ने अताउदै आएका छन् ।

“ठाकुर एकजना ढोगी नेता हुन्, उनको आफ्नो कुनै वजुद छैन दूतावास र एउटा जातीय झुण्डको इसारामा उहाँ प्रत्येक कदम चाल्नु हुन्छ ।” भन्दै उनको नेतृत्वमा आफू नबस्ने यशअघि यादवले प्रतिक्रिया दिएका थिए । तर शनिबार यदवले आफ्नै प्रस्तावमा वार्ता कमिटीसम्म गठन गराएका छन् ।

यसअघी भदौ २४ गते भारतबाट फर्केका उपेन्द्र यादव असोज १६ गते यसबारे महन्थ ठाकुरकै निवासमा गएर छलफल गरेका थिए । सो भेटमा ‘आफू एकीकरणका लागि तयार रहेको र तपाईंहरु पनि आफ्नो पार्टीमा कुरा गर्नुस्,’ भनेर यादवले ठाकुरलाई भनेका थिए ।

राजपा नेपाल गठन हुनुभन्दा पहिला तत्कालिन सद्भावना र तमलोपासँग पनि फोरम नेपालको एकीकरणको प्रयास भएको थियो ।

पार्टी एकीकरणका लागि वार्ता टोली गठन गर्ने भनि राजनीतिक समितिबाट केन्द्रीय समितिमा प्रस्ताव आएको हो ।

यद्यपी राजपा नेपालसँग मात्र होइन, मुद्दा र विचार मिल्ने अन्य दलहरुसँग एकीकरण गर्नका लागि वार्ता समिति गठन गरेको पार्टीका केन्द्रीय सदस्य सन्तोष सिलवालले बताए ।

उनले भने, ‘मुद्दा र विचार मिल्ने जो कोहीसँग एकीकरण हुनसक्छ । त्यसैका लागि वार्ता समिति गठन गरेको हौँ ।’

तर मधेशी दलबारे जानकारहरुले सरकारमा गएपछि उपेन्द्र यादवको जनस्तरमा साख गुम्दै गएको छ । उनीहरुका अनुसार सरकारमा बसेर संविधान संशोधन गराउने अवस्था पनि नभएकोले पार्टी भित्र पनि सरकारबाट बाहिर आउनु पर्ने दबाव छ ।

एक जानकारका अनुसार उपेन्द्र यादवको राजपासँग एकिकरणको यो नाटक मात्र हो, जनस्तरमा खस्किदैं गएको साख जोगाउने स्टन्ट मात्र हो । उपेन्द्र यादवको पार्टी राजपासँग एकिकरण हुने सम्भावना छैन, भए पनि नेकपासँग हुन सक्ला ।

तर शनिबारको बैठकमा निकै गम्भीर मुद्रामा अध्यक्ष यादवले राखेको प्रस्तावलाई साच्चै नै एकीकरणका लागि तयार देखिको फोरमका नेताहरूले दावी गरेका छन् ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्