Logo
८ बैशाख २०८१, शनिबार
(December 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ बजे बोलाइएको बैठकमा साढे ३ सम्मपनि ओली र प्रचण्ड नआएपछि नेकपा चारै नेताहरुद्वारा बहिष्कार

काठमाडौं : पुर्व-निर्धारित समय अर्थात ३ बजे बोलाइएको बैठकमा साढे ३ सम्मपनि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” नाअएपछी आफूहरूको पटक-पटक अपमान हुने गरेको भन्दै नेकपाका चारै जना नेताहरूले बैठक बहिष्कार गरेको खुलेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर अन्य नेताहरुलाई कुराएपछि पार्टीका ४ नेताहरुले बहिस्कार गरेका हुन् ।

नेकपाका शीर्षनेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ निर्धारित समयभन्दा आधा घन्टासम्म बैठक सुरु नभएपछि बहिस्कार गरेर हिंडेका थिए ।

नेकपाका एक नेताका अनुसार यसाघी गत शुक्रबार अपराह्न पनि ३ बजे सचिवालय बैठक बोलाइएकोमा पौने ३ बजे स्थगित भएको सूचना बालुवाटारबाट नेताहरुलाई दिइएको थियो । जबकि सबै नेताहरु बैठकका लागि हिंडिसकेका थिए ।

उक्त नेताले भने “बैठक स्थगित भएको सूचना कम्तीमा १ घन्टाअघि नदिई बालुवटारले नेताहरुलाई १५ मिनेट अघि दिएको थियो ।” पटक-पटक यस्तो भएपछी उक्त ४ नेताहरूले त्यस्तो कदम उठाएका हुन् ।

शनिबार पनि सचिवालय बैठक ३ बजे बोलाए र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल साढे ३ बजे पनि नआएपछि अपमान महसुस गर्दै
बैठक बहिस्कार गरी हिंडेका थिए ।

बरिष्ठ नेता झलनाथ खनालले त अब बालुवाटारमा बैठक राखे नआउने घोषणा गरिसकेका छन् ।

निर्धारित समयमा बैठक सुरु नगरी अरु नेताहरुको अपमान गरिएकोबारेमा नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले यसबारे औपचारिक रूपमै प्रतिक्रिया दिएका छन् ।

८ बर्षअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा केपी ओलीले बालुवाटारमा हुने पार्टी बैठकमा नआउने प्रसंग निकाल्दै उनलेे सामाजिक संजाल फेसबुकमा लेखेका छन्-‘बालुवाटारको आजको घटनापछि ८ बर्षअघि तत्कालीन अध्यक्ष कमरेड झलनाथ खनाल प्रम हुँदाको घटना सम्झना भएको छ ।

प्रवेशद्वारमा प्रहरीले ‘भित्रबाट हजुरहरूको नाम आएको छैन, भित्र सोध्छौं हजुर’ भन्दा कमरेड केपी ओली ‘यस्तो अपमान सहिंदैन’ भनेर एक मिनेटमा त्यहाँबाट फर्किनुभएको थियो र त्यसपछि जेएन कमरेड प्रम हुँदासम्म बालुवाटारमा पाइला हाल्नुभएन ।’

त्यतिबेला तत्कालीन एमाले अध्यक्ष खनालले अपमान गरेको महसुस गरी बालुवाटार नआउने घोषणा गरेका प्रधानमन्त्री ओलीले नै अहिले शीर्षनतोहरुको अपमान गरेका छन् ।

प्रकाशित मिति: Dec 8, 2018

प्रतिक्रिया दिनुहोस्