Logo
१३ बैशाख २०८१, बिहीबार
(December 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबको बैठकबाट हामि समर्थन फिर्ता लिन्छौं, राजपा सरकारमा सहभागि हुदैन : राजकिशोर यादव

काठमाण्डौ : राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले सरकारलाई दिएको समर्थनको औचित्य नरहेको बताएका छन् । यादवले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बारे पार्टींभित्र छलफल भइरहेको बताए । आफ्नो दल सरकारमा जाने सम्भावना नरहेको पनि यादवले स्पष्ट पारे ।

सरकारलाई दुईवटा कारणले समर्थन दिएको स्मरण गराउँदै यादवले भने-“एउटा कारण त संसदभित्र संविधान संशोधन गरेर संविधानलाई सर्वस्विकार्य बनाउने भन्ने थियो भने अर्को चाँही स्थायी सरकारले विकास निर्माण गर्न सकोस भनेर जिम्मेवारीवोधसहित समर्थन गरिएको हो ।”

शनिवार संचारकर्मीसंग कुराकानी गर्दै  यादवले सरकारलाई समर्थन गर्नुको औचित्य नदेखिएको उनले बताए । सरकारले एकतर्फी रुपमा आलोचित हुँदै गइरहेको अवस्थामा त्यस्तो आलोचनाको जिम्मेवारी आफूहरुले लिन नचाहेको यादवले बताए ।

पछिल्लो समय राजपा आगामी महाधिवेशनमा केन्द्रित भएको उनले बताए । “पार्टीले छिटै बैठक बसेर तमाम विषयमा धारणा बनाउँछौँ । सरकारमा जाने विषय त अहिले सोच्न पनि सकिदैन ।” उनले भने ।

 

प्रकाशित मिति: Dec 8, 2018

प्रतिक्रिया दिनुहोस्