Logo
१३ बैशाख २०८१, बिहीबार
(December 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचारका नममा दिल्ली गएका महन्थ ठाकुर RSS का प्रचारकलाई भेटे, ‘मोदी-सुष्मा-डोभाल भेट्ने प्रयास असफल’

काठमाण्डौं : बिशुद्ध उपचार गराउन भन्दै केहि दिन अघि भारतको दिल्ली गएका राष्ट्रिय जनता पार्टीका पुर्व संयोजक महन्थ ठाकुरले राष्ट्यि स्वयंसेवक संघका बरिष्ठ प्रचारक इन्द्रेश कुमारसंग भेटघाट गरेका छन् ।

दिल्लीबाट फर्केपछि मात्र आफू बैठकमा समय दिन सक्ने भन्दै अध्यक्ष मण्डलको बैठकमै उनले केहि दिनका लागि बैठक स्थगित गर्न आग्रह गर्दै संयोजक राजेन्द्र महतोसँग बिदा लिई भारत गएका थिए । ठाकुर शनिवार स्वदेश फर्किदैछन् ।

भारत बसाईको क्रममा उनले केहि भारतीय कांग्रेसका केहि नेताहरु समेत आरएसएसका प्रचारकहरुसंग भेटघाट गरेका छन् । राष्ट्यि स्वयंसेवक संघ अर्थात आरएसएस भारतीय जनता पार्टीको मातृ संस्था हो । आरएसएसलाई भाजपाको संरक्षण संस्थाको रुपमा पनि लिइन्छ ।

भारत बसाईका क्रममा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटघाट गर्ने प्रयास गरेका थिए तर श्रोतले भन्यो चुनावलाई कारण देखाउँदै कसैले उनलाई समय दिएन ।

२ प्रमुख ब्यक्तिहरु संग भेटघाट हुननसकेपछि उनले त्यसपछि प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभेलसंग पनि भेट्ने प्रयास गरेको श्रोतको दावी छ । तर त्यो प्रयासपनि उनको सफल नभएको बताइएको छ ।

त्यसपछि उनले आरएसएसका केहि प्रचारक समेत बरिष्ठ प्रचारक इन्द्रेश कुमारससँग भेटेका हुन् । इन्द्रेश कुमार संघका बरिष्ठ प्रचारक हुन् । इन्द्रेश कुमारसंगको भेटमा ठाकुरले आफनो पार्टीमा भाड्भैलौ मच्चाइने प्रयास भइरहेको भन्दै दुखेसो ब्यक्त गरेका थिए ।

जवाफमा इन्द्रेशकुमारले पार्टीलाई संगठित बनाउन सबैपक्षलाई समेटेर लैजानुपर्ने बताउँर्दै नेपालको शान्ति र राष्ट्हितमा भारतको सदवै साथ रहने बताएका थिए ।

‘जुन उद्देश्यका साथ ठाकुर दिल्ली गएका थिए त्यो पुरा हुनसकेन’ श्रोतले भन्यो ‘उनले खासगरी बिदेशमन्त्री र गृहमन्त्रीलाई भेटेर गुनासो गर्न पुगेका थिए तर उनीहरुले नेपालको आन्तिरिक मामिला हो भन्दै खासै चासो नलिएको हो ।’

अन्तराष्ट्रिय विमानस्थलमा नेता ठाकुर

प्रकाशित मिति: Dec 8, 2018

प्रतिक्रिया दिनुहोस्