Logo
१३ बैशाख २०८१, बिहीबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रधानमन्त्री केपी ओलीले नै धर्मयुद्धको आमन्त्रण गरे’

झापा : राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री केपी ओलीले धर्मयुद्धको आमन्त्रण गरेको आरोप लगाएका छन् । रााणाले १० महिनामा सरकार शान्ति सुरक्षा कायम गर्न नसकेको र केही उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए ।

बिहीबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राणाले इसाई धर्मको प्रचार गरेर ओलीले हिन्दूहरुलाई युद्धका लागि आमन्त्रण गरेका हुन् । ‘यो धर्मयुद्धको संकेत हो,’ राणाले भने, ‘हिन्दूआस्थामा ठेस नपुगोस्, ओलीलाई चेतावनी छ ।’

पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश मिश्रको सभापतित्व रहेको कार्यक्रममा नेता सुनिलबहादुर थापा संस्कार र धर्म जोगाउन जुट्न पर्ने बेला आएको बताएका छन् ।

भेलाले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न, धर्मको रक्षा गर्न तथा शान्तिसुरक्षाका लागि दबाब दिने निर्णय गरेको राप्रपा (प्रजातान्त्रिक) का जिल्ला सचिव निरबहादुर कार्की (नेत्र) ले जनाएका छन् ।

 

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्