Logo
७ बैशाख २०८१, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ नेपालीसहित ९ युवतीका लागि दिल्लीमा विरोध प्रदर्शन

नयाँ दिल्ली :  नेपाली राजदूताबासको लापरबाहीले बेपत्ता भएको भनिएका ८ जना नेपाली र एउटी बिहारकी युवती घटनापछि दिल्लीको राजनीति पनि चर्किएको छ । भाजपाले संस्कार आश्रमको लापरबाहीको विरोध गर्दै दिल्ली सरकारमाथि आरोप थोपरेको छ । भाजपाको नवीन शाहदरा जिल्ला समितिले घटनामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जवाफ दिनुपर्ने माग गर्दै आश्रम बाहिर प्रदर्शन गरेको छ ।

भारतको राजधानी दिल्लीस्थित दिलशाद गार्डेनमा सञ्चालित संस्कार आश्रमबाट बेपत्ता भएका नेपालका ८ महिलासहित ९ जनाको बारेमा अहिलेसम्म कुनै किसिमको जानकारी सार्वजनिक भएको छैन । त्यसो त घटनापछि दिल्ली पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया तीव्र पारेको छ। पुलिसले मुद्दालाई गम्भीरतापूर्वक लिएको जनाउँदै आश्रमका कर्मचारीहरुसँग सोधपुछ गरिरहेको छ। साथै सिसिटिभी भिडियोको पनि जाँच गरेको छ ।

घटनाका बारेमा तीव्र अनुसन्धान चलिरहेको र अहिलेसम्म कुनै सुराक हात नलागेको डिसिपी मेघना यादवले बताइन्। ‘सम्भावित सबै स्थानमा खोज तलाशी गरिरहेका छौँ, तर अहिलेसम्म उनीहरुको बारेमा थाहा भएको छै,’ उनले थपिन् । बिहार राज्यकी एउटी र नेपालका ८ महिलाहरु गत १ डिसेम्बरको रातबाट दिल्लीको दिलशाद गार्डेनस्थित संस्कार आश्रमबाट बेपत्ता भएका हुन् ।

बेपत्ता भएका नेपाली किशोरीहरुमा १८ देखि २२ वर्षसम्मका रहेका छन्। उनीहरु ३ जना नुवाकोटकी, २ जना काभ्रेका, तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोकका १–१ जना रहेका छन् ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्