Logo
७ बैशाख २०८१, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझै फेला पार्न सकेन ३३ केजी सुन, सनम हत्या प्रकरणका सबै आरोपित रिहा

काठमाडौँ : ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा उच्चस्तरीय छानबिन समितिले मुद्दा चलाएका तत्कालीन महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीसहित सबै तीनजना अधिकारी साधारण तारेखमा रिहा भएका छन्।

३३ केजी सुन बेपत्ता बनाएको भन्दै चुणामणि उप्रेती ‘गोरे’को समूहले सुनका भरिया सनमको हत्या गरेको थियो। सनमको मृत्युपछि गोरेले सई सन्जेललाई फोन गरि शव ब्यवस्थापनका लागि अनुरोध गरेका थिए।

छानबिन समितीले महाशाखाका तत्कालीन प्रमुख लोहनीसहित डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेलविरुद्ध मुद्धा चलाएको थियो। थुनछेकको बहसपछि पुर्पक्षका लागि कारागार चलान भएका सई बालकृष्ण सन्जेललाई साधारण तारेखमा रिहा गर्ने उच्च अदालत विराटनगरले आदेश दिएको छ।

पुर्पक्षको आदेशविरुद्ध सई सन्जेलले उच्च अदालतमा पुनरावेदन गरेका थिए। यसअघि थुनछेकको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका लोहनी र केसी पनि पुनरावेदन गरेपछि साधारण तारेखमा रिहा भएका थिए। दुवै जना सेवामा पुनर्बहाली भइसकेका छन्।डीएसपी केसी नेतृत्वको टोलीले सनमको शव मोरङबाट बरामद गएको थियो। उक्त टोलीमा सई सन्जेल पनि थिए ।

महाशाखाको दावी अनुसार त्यतिबेला डीएसपी केसी नेतृत्वको टोली गोरेलाई समेत पक्राउ गर्ने गरी त्यसतर्फ लागेको थियो। तर गोरे पक्राउ नगरेको र प्रतिवेदनमा समेत गोरेको नाम समावेश नगरेको भन्दै महाशाखाका अधिकारी विवादमा आएका थिए। त्यसपछि गृहमन्त्रालयद्धारा सहसचिव इश्वर पौडेलको संयोजकत्वमा गठित समितीले लोहनी,केसी र सन्जेलसमेतलाई प्रतिवादी बनाएर मुद्धा चलाउन जिल्ला प्रहरी कार्यालय मोरङलाई सिफारिस गरेको थियो।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्