Logo
१३ बैशाख २०८१, बिहीबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँच बालिकालार्इ बन्धक बनाइ बलात्कार गर्ने नेविसंघ नेताहरु कारागार चलान

नुवाकोट : नुवाकाेटका ५ बालिकालार्इ बन्धक बनाएर बलात्कार गर्ने नेपाल विद्यार्थी संघका दुर्इ नेतासहित तीन जना पूर्पपक्षका लागि कारागार चलान भएका छन । एक जना बालकलाई भने पूर्पक्षका लागि नेपालगन्ज सुधारगृह पठाईएकाे छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले लामो अनुसन्धानपछि बालिका बलात्कारको अभियोगमा सरकारी वकिल मार्फत मंगलबार अदालतमा मुद्दा दर्ता गरिएको थियाे । जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेकाे एकल इजलासले थुनछेक बहस सकिएपछि चारै जनालाई पूर्पक्षका लागि कारागार पठाउने अादेश दिएकाे श्रेस्तेदार शिवप्रसाद बञ्जाराले जानकारी दिए ।

नुवाकाेट अादर्श बहुमुखी नेविसंघका पुर्व ईकाई अध्यक्ष बादलमान श्रेष्ठ र नुवाकाेट अादर्श बहुमुखी क्याम्पस नेविसंघका ईकाई उपाध्यक्ष तथा नेविसंघ नुवाकाेटका जिल्ला सदस्य रविन थापा र लिखु गाँउपालिका–४ चौघडाका विकास प्याकुरेललाई जिल्ला कारागार चलान गरिएकाे छ भने सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ का निर्मल विश्वकमा विरूद्ध मुद्दा दर्ता गरेको नुवाकोटका प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए अनुसार अाजबाट छुनछेकको बहस सुरू भएको छ भने भोलि बिहान १० बजेनै पुनः अदालत पेश गरिनेछ । मुद्दा दर्ता गरिएका चारै जनालार्इ मानव बेचबिखन तथा ओसारपसार अभियोगको समेत अभियोग लगाइएको छ ।

कात्तिक तेस्रो साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । यही कात्तिक २१ गते बुधबार देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले बन्धक बनाएको अवस्थामा सुर्खेतबाट उद्धार गरेको थियो ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्