Logo
१३ बैशाख २०८१, बिहीबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीनिवास सार्ने र महाकविको घरलाई संग्रहालय बनाउने सहित यी हुन् मन्त्रिपरिषद्का १० निर्णय


काठमाडौं : गत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय बिहिवार सार्वजनिक भएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आज पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेसनबाट प्राप्त ‘लिडरसिप एन्ड गुड गभर्मेन्स’ अवार्डसहित प्राप्त एक लाख अमेरिकी डलर सोही बराबरको रकम नेपाल सरकारले थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय गरिएको छ।

सो पुरस्कार शान्ति सुशासन र नवप्रवर्द्धन वैज्ञानिक खोज अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने प्रवक्ता बाँस्कोटाले जानकारी दिए।

त्यस्तै, महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय पनि गरिएको छ। देवकोटाको जन्म जयन्तीका दिन प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले देवकोटाको घरलाई संग्रहालय बनाउने घोषणा गरेका थिए।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको घोषणालाई अनुमोदन गरेको हो। नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ।

त्यस्तै, ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवासलाई भैंसेपाटीमा सार्ने निर्णय गरिएको छ। पुल्चोकमा भने विशिष्ट व्यक्तिहरुको आवासका भवन बनाउने निर्णय गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोखरेललाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्का निर्णय : 

डिल्लीबजार नजिकै रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर । भूकम्पले भत्किएपछि यो घरमा कोही बस्दैनन् । फाइल तस्बिर

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्