Logo
११ बैशाख २०८१, मंगलबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व आईजी मोतिलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ, विशेषको फैसला सर्वोच्चले उल्ट्यायाे

काठमाडौं : नेपाल प्रहरीका पूर्व महानिरीक्षक माेतिलाल बाेहराले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले बिहीवार बोहरालाई सफाइ दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय सारदा प्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलाशले बाेहराको इजलाशले विशेष अदालतको फैसला उल्टाउँदै बाेहरालाई सफाइ दिएको हो ।

विशेष अदालतले २०६८ सालमा बाेहरालाई अकूत सम्पत्ती आर्जनको मुद्दामा दोषी ठहर गर्दै २६ लाख ६३ हजार ४ सय ८५ रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवानासहित डेढ वर्ष कैद सजाय सुनाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाेहराले आर्जन गरेको ४ करोड ३८ लाख ९२ हजार ५ सय ६ रुपैयाँबराबरको सम्पत्तिमध्ये २ करोड ३८ लाख २३ हजार ६ सय २७ रुपैयाँको स्रोत खुल्न नसकेको दाबी गर्दै अख्तियार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका तत्कालीन न्यायाधीशहरू गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलाशले बाेहरालाई दोषी ठहर गरेको थियो । अख्तियारले बाेहराविरुद्ध २०६१ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतका तत्कालीन न्यायाधीशहरू भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलाशले हदम्याद नाघेको भन्दै मुद्दा खारेज गरिदिएको थियो ।

अख्तियारले बाेहराको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन हालेकोमा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश कल्याण श्रेष्ठको संयुक्त इजलाशले विशेष अदालतबाटै दोर्होयाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि पुनः सुनुवाइ शुरू भएकोमो विशेष अदालतले बाेहरालाई दोषी ठहर गरेको थियो । तर, मागदावी अनुसार फैसला नआएपछि बाेहरालाई थप जरिवानासहित सजायको माग गर्दै २९ कात्तिक २०६९ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्