Logo
१३ बैशाख २०८१, बिहीबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजाको शासनकालमा अर्थमन्त्री रहेका व्यवसायी रुप ज्योतिको नाममा पक्राउ पूर्जी जारी

काठमाडौं : नेपालको पुरानो व्यवसायिक घराना ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिलार्इ पक्राउ गर्न पक्राउ पूर्जी जारी भएकाे छ । काठमाडाैं जिल्ला अदालतले रुप ज्याेतिलार्इ पक्राउ गर्न पूर्जी जारी गरेकाे हाे । काठमाडौंको बाँसवारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भनेर ल्याण्डमार्क डेभलपर्स प्रा.लि.मार्फत सर्वसाधारण व्यक्तिबाट पैसा लिएर जग्गा फिर्ता नगरेपछि रुप ज्योतिविरुद्ध प्रहरीममा उजुरी परेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका भनिएका रुप ज्योति (कंसकार)ले एउटा व्यक्तिबाट जग्गाको मूल्य लिएर अर्कैलाई बेचेको भेटिएपछि प्रहरीले उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएकाे थियाे ।

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बिज्ञेन्द्रकृष्ण मल्लले बाँसवारीस्थित हाउजिङमा घर खरिदका लागि आफूले ल्याण्डमार्क डेभलपर्स प्रा.लि.लाई २ करोड ७० लाख रुपैयाँ बुझाए पनि घर र जग्गा नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले मल्लको उजुरीमाथि छानबिन गर्ने क्रममा उनलाई दिने भनिएको जग्गा रुप ज्योतिकै सक्रियतामा अर्कै कम्पनीलाई बिक्री गरेको पाइएको छ । प्रहरी स्रोतका अनुसार रुप ज्योतिले क्वालिटी डेभलपर्स प्रा.लि. नामको कम्पनी खडा गरेर मल्ललाई बिक्री गरेको जग्गा हडप्ने योजना बनाएका थिए ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्