Logo
१२ बैशाख २०८१, बुधबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी क्रिकेटर यासिरको नयाँ रेकर्ड

एजेन्सी : पाकिस्तानी क्रिकेटर यासिर शाह सर्वाधिक छिटो २ सय टेस्ट विकेट लिने खेलाडीको किर्तीमान बनाएका छन् । उनले आज (बिहीबार) आफ्नो २०० औं टेस्ट विकेट पूरा गरेका हुन् । यासिरको २०० औं शिकार न्यूजिल्याण्डका विलियम सोमरभिले भएका छन् । सोमरभिलेको यो डेब्यू टेस्ट हो ।

शाहले सबैभन्दा कम ३३ टेस्टमै २ सय विकेट पूरा गरेका हुन् । न्युजिल्याण्डविरुद्ध चम्किएका शाहले आजको इनिङमा दुई विकेट लिइसकेका छन् । उनले अघिल्लो टेस्टमा एक्लै १४ विकेट लिएका थिए ।

यससँगै ८२ वर्ष पुरानो रेकर्ड तोडिएको छ । शाहभन्न्दा पहिले सबैभन्दा कम खेलमा २ सय विकेट लिने खेलाडी अस्ट्रेलियाका क्लेरेन्स भिक्टर ग्रिम्मेट थिए । उनले १५ फेब्रुअरी १९३६ मा ३६ औं टेस्ट खेल्दै २ सय विकेट पूरा गरेका थिए । त्यतिबेलादेखि अहिलेसम्म यो रेकर्ड कसैले तोड्न सकेको थिएन ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्