Logo
८ बैशाख २०८१, शनिबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो ठिक भएन, हामिले रोक्दा रोक्दैपनि उहाँहरुले मान्नु भएन्, सरकारको यो अक्षम्य त्रुटि हो : नारायणकाजी

काठमाडाैं : युनिफिकेसन चर्चको सम्मेलन नेपालमा गर्न हुँदैन भनेर पार्टीमा अवाज उठ्दा समेत त्यसलाई कुनै प्रवाह नगरी कार्यक्रम गर्न दिएर सरकारले गम्भीर त्रुटि गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

श्रेष्ठ परराष्ट्रमन्त्री भएकै बेला नेपालमा कार्यक्रम गर्ने भनिएको थियो । तर, उनले आयोजक एकनाथ ढकाल सो समयमा मन्त्री रहेकै बेला आफूले राम्ररी सम्झाएको तर अहिले आएर सरकारले यसबारे गम्भीर त्रुटि गरेको बताए ।

नागरिक टाइम्ससँगको कुराकानीमा उनले भने-‘बरिष्ठ नेता माधव कुमार नेपालको नाम सम्मेलन आयोजक संस्थासँग लामो समयदेखि जोडिने गरेको छ । तर, माधव नेपालले कार्यक्रम गर्दा अत्यन्तै राम्रो हुने भन्दै उहाँ बिगतदेखि नै तर्क गर्दै आउनु भएको थियो ।’

प्रवक्ता श्रेष्ठले भने -‘यो ठिक भएन, माधव कमरेड’ भनेकै हो । उहाँले ‘हैन, यो एकदम बेस हुन्छ भन्नुभयो’ र सहभागी हुनुभयो । त्यसबारे उहाँसँग मेरो गम्भीर मतभेद छ ।”

पार्टी अध्यक्ष प्रचण्डले समेत कार्यक्रम रोक्न पहल गरैकै हो, तर पनि ओली कामरेड, माधाव कामरेड ज्युहरुले मान्नु भएन भनी गुनासो पोख्दै श्रेष्ठले यसबारे पार्टीमा गम्भीर छलफल हुने र सचिवालयको बैठकमा समेत उठाइने बताए ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्