Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकार ढाल्ने चिनियाँ डिजाइन, प्रचण्डलाई साथ दिँदै फोरम सरकारबाट बाहिरिने


काठमाडाैं : उपप्रधानसहित दुई मन्त्रालय सम्हालेर सरकारमा सहभागी भएको संघीय समाजवादी फोरम सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने भएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा आेली नेतृत्वको सरकार ढाल्ने अर्का अध्यक्ष प्रचण्डको रणनीतिमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हालेमालो गर्न सरकारबाट बाहिरिन लागेको स्रोतको दावी छ ।

सरकार ढाल्ने खेलमा अहिले एक्लिदै गएका नेकपाका नेता झलनाथ खनाल समेत सक्रिय ढंगले लागेका छन् । नेता खनाल आेलीसँग रिस साँध्न सरकार गिराएरै छाड्ने प्रतिवद्धता चिनियाँ राजदुत मार्फत चीनको सरकारी उच्च निकायसम्म लैजान दुतावास समक्ष अनुरोध गरेको स्रोतले जनाएको छ ।

चिनियाँ राजदुतसँगको गोप्य भेलापछि जागरुक बनेका प्रचण्डलाई साथ दिन पुगेका मन्त्री यादवले संविधान संशोधनको मुद्धालाई लिएर सरकारबाट बाहिरिने योजना बनाएको नेकपा निकट एक नेताले जनाए । युनिफिकेसन चर्चको कार्यक्रममा ज्यान फालेर लागेका प्रधानमन्त्री आेली र माधव नेपालको कुनै भरोसा छैन भन्दै चिनियाँ राजदुतले प्रचण्डलाई बोलाएर सरकार निर्माणबारे रोडम्याप तयार पारेको खुल्न आएको छ ।

मन्त्री यादवले सरकारबाट बाहिरिन संविधान संशोधनको मुद्धा लिएर जाने बताइएपनि सरकारबाट बाहिरिनुको रहस्य भने बेग्लै रहेको नेकपा निकटका एक मन्त्रीले जनाएका छन् । उनले भने, हिजोको मन्त्रीपरिषद वैठकमा प्रधानमन्त्री सँग उहाँको बोलाबोल भएको छ । उपेन्द्र जीको संकेत अन्त कतै थियो तर, सरकारी अस्पतालमा बेड थपाै भनेर बखेडा झिक्न खोज्नु भो ।

आेली नेतृत्वको सरकार गिराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन चीन विभिन्न शक्तिकेन्द्रको प्रयोग गरिरहेको समेत स्रोतको दावी छ । चीनले प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि वर्तमान मन्त्री यादवलाई समेत गृह या परराष्ट्रमन्त्रालयको जिम्मेवारी दिने सहमति गरेर अगाडि बढ्न सल्लाह दिएपछि सरकार गिराउने खेलको सुरुवात भएको हो । उसो त चीनले इसाई धर्मालम्बीलाई आफनो देशमा कैदी बनाएर विभिन्न स्थानमा राखेको विदेशी संचार माध्यमले समेत जनाउँदै आएका छन् ।

नेपालमा भारतीयको प्रभाव बढ्दै गएको र क्रिश्चियन धर्मको प्रचार हुने विवादीत कार्यक्रमले चीनमा रहेका इसाई धर्मालम्बीहरुले बखेडा झिक्ने भन्दै चिनियाँहरु डराएका हुन् । सोमबारको मन्त्रीपरिषदमा मन्त्री यादवले प्रचण्डको सन्देश पाएसँगै विवाद सुरु गरेका थिए ।सरकारले पछिल्लो समय विवादीत काममा धेरै चासो र महत्व दिन थालेको निष्कर्षमा पुगेको दुतावास स्रोतले फोरमलाई सरकारबाट बाहिरिन आदेश दिएपछि यादवले सरकारलाई दिएको समर्थन फिर्ताका साथै सरकारबाट बाहिरिने तयारी थालेको स्रोतको दावी छ ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्